पुख्यौली पेसा संरक्षण प्रती इस्मा गाउँपालिकाको चासो !



असार -१९ गुल्मी ।

गुल्मीको इस्मा गाउँपालिकाले परम्परागत रुपमा चल्दै आएका विभिन्न पुख्यौली पेसाको संरक्षण प्रती चासो दिएको छ ।
यसै विच शनिबार गाउँपालिकाले गाउँपालिका भित्र विभिन्न पुख्यौली पेसा व्यवसाय सञ्चालन गदै आएका नागरिकलाई आधुनिक औजार तथा मेशिन हस्तान्तरण गरेको छ । दलित लक्षीत कार्यक्रम अन्र्तगत करिब पाँच लाख बराबरको साम्रागी उपलब्ध गराईएको हो । ६ वटा जुत्ता सिलाउने मेशिन र  आरन सुधारको लागी फलाम काट्न र सान लगाउनका लागि २१ वटा ह्याण्ड ग्यालेन्डर  मेशिन प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिईन ।

पुख्यौली पेसाको संरक्षण तथा उनिहरुको व्यवसायको प्रर्वद्धनको लागी सामाग्री प्रदान गरिएको गाउँपािलकाका अध्यक्ष लक्ष्मण विष्टले बताए । इस्मा गाउँपालिकाले परम्परागत रुपमा चल्दै आएका पुख्यौली पेसाको संरक्षण तथा प्रर्वद्धनको नीति नै लिएको छ । कला संस्कृतीको जर्गेनाको लागी इस्मा गाउँपालिकाकाले सबै वडामा पञ्चे बाजा समेत दिएको छ ।

यसरी स्थानीय सरकाको सहयोगले कला संस्कृतीको जर्गेना तथा पुख्यौली पेसाको संरक्षणमा टेवा पुग्ने अपेक्षा रहेको उपाध्यक्ष खत्रीले बताईन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता