नेपाल पत्रकार महासंघ गुल्मीको नवौ वार्षिक साधारण सभा सम्पन्न



सूर्य सुनार माघ -१४ गुल्मी । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले आज नवौँ वाषर््िाक साधारण सभा कार्यक्रम तम्घासको लसुनडाडाँमा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले जनतालाई सही र सत्य समाचार प्रवाह गर्न जिल्लाका क्रियाशिल पत्रकारहरुलाई आग्रह गर्नुभयो । पत्रकार भनेको एउटा विश्वासिलो पात्र भएकाले सदैव जनताको मनोभावना अनुसार काम गर्न सके राम्रो हुने उहाँले बताउनुभयो । पत्रकारलाई राज्यले राष्ट्रको चौथो अङ्गको रुपमा राखेको हुदाँ सत्य तथ्यमा आधारित समाचारलाई प्रवाह गर्न उहाँले अमग्रह गर्नुभयो । पत्रकारहरु कुनै राजनितिक दलमा आवद्ध नभई पत्रकारको धर्म अनुसार काम गर्न उहाँले पत्रकारहरुलाई आग्रह समेत गर्नुभएको थियो ।

नेपाल पत्रकार जिल्ला शाखा गुल्मीका पूर्वअध्यक्ष जर्नादन घिमिरेले पछिल्लो समय संञ्चार क्षेत्रमा काम गर्न संञ्चारकर्मीहरु उत्साहित भएको बताउनुभयो । जब सम्म पत्रकार पेशाालाई व्यवसाहिक र अनुसाशित गर्न सके राम्रो हुने बताउनुभयो । जिल्लाका पत्रकारहरु सबै एक भएर अधि बढन सके पत्रकारको एउटा संगठन बलियो हुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष नवराज भुसालले कार्यक्रममा सहभागि हुने पत्रकारहरुलाई धन्यवाद ज्ञपान गर्नुभयो । नेपाल पत्रकार महासंघले २०६२ साल देखी नयाँ काम गरेको बताउनुभयो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले नेपालमै पहिलो पटक अतिथि गृह सहितको भवन गराउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । मिडिया भनेको विश्वासिलो माध्यम भएकाले सबैको जनताको मन जित्न उहाँले आग्रह गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्त्वय नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका उपाध्यक्ष अनिल खत्रिको रहेको कार्यक्रमको संचालन सचिब टोपलाल अर्यालले गर्नुभएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता