रोयल सगरमाथलाई ६ विकेटले स्तब्ध पार्दै पुलचोक क्रिकेट लिगको उपाधि एडिफाई मिलनचोकलाई



माघ ४- गुल्मी।

गुल्मीको सदरमुकाम तम्घासस्थित पुलचोक क्लबको आयोजनामा सम्पन्न पुलचोक क्रिकेट लिगको उपाधि इडिफाइ मिलनचोकले हात पारेको छ । फाइनल खेलमा रोयल सगरमाथलाई ६ विकेटले स्तब्ध पार्दै उपाधिमा कब्जा जमाएको हो ।

टस जितेर व्याटिङ्ग रोजेको रोयल सगरमाथले निर्धारित २० ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १०१ रन जोड्न सफल भयो । १०२ रनको विजय लक्ष्य पछ्याएको इडिफाइभ मिलनचोकले १७ दशमल २ ओभरमा चार विकेट गुमाउदै लक्ष्य पूरा गर्यो ।

मिलन चोक इडिफाइभका लागि अमृत कुवँरले अविजित ४७ रन जोडे । त्यस्तै, बलिङ तर्फ सुमन थापा र सुदिप परियारले समान तीन(तीन विकेट लिए भने अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न असक्षम रहे । त्यस्तै, रोयल सगरमाथाका खेलाडीको पनि मध्यम प्रर्दशन रह्यो ।

उपाधिसंगै मिलनचोक इडिफाइभले नगद २० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

 

 

उत्कृष्ट खेलाडीमा पनि मिलनचोक इडिफाइको नै वर्चस्व रह्यो । मिलनचोकका लागि उत्कृष्ट बलरमा हिमाल बुचरेल, ब्याटसम्यानमा सन्देश पुन र इमार्जिङ्ग खेलाडीको उपाधि सुमन थापाले हात पारे । त्यस्तै, म्यान अफ द सिरिज रोयल सगरमाथाका आनन्द गमालको नाममा रह्यो ।

चार दिनसम्म चलेको लिग क्रिकेटमा चार टिमको सहभागीता रहेको पुलचोक क्लबका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिए । क्रिकेट खेल तथा खेडालीको स्तरवृद्धिसँगै गुल्मी जिल्लामा दक्ष खेलाडी उत्पादन गर्ने उदेश्यले आयोजित लिगमा विभिन्न संघ संस्था तथा जिल्ला खेलकुद कार्यालय गुल्मीको सहयोग रहेको क्लबले जनाएको छ ।

जिल्लामा हुने साना ठुला खेलकुद आयोजनाले खेलाडीको क्षमतामा वृद्धि हुने र खेलाडीलाई प्रोत्साहन गर्न सहज हुने जिल्ला खेलकुद कार्यालय गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता