नेपाल भ्रमण वर्षको प्रभावकारी प्रचारका लागि पर्यटनमन्त्री भट्टराईको आग्रह :



२७ साउन, काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२०, अभियानको प्रभावकारी प्रचारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले सामाजिक सञ्जालमार्फत आम समुदायलाई आग्रह गरेका छन् ।

भ्रमण वर्षलाई प्रारम्भिक रूपमा सहयोग पुर्याउनका लागि नेपाल भ्रमण वर्ष मूल आयोजक समितिका संयोजक समेत रहेका मन्त्री भट्टराईले वेब साइट, फेसबुक, ट्विटर र इन्स्टाग्राममा भ्रमण वर्षको लोगो राखिदिन आग्रह गरे ।

मन्त्री भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै भ्रमण वर्ष अभियानलाई सफल बनाउन सबैको सहयोग, समन्वय र सहकार्यको अपेक्षा गर्दै उक्त अभियानलाई विश्वभर पुर्याउनका लागि सहयोगको आह्वान समेत गरे ।

  1. मन्त्री भट्टराई जारी विज्ञप्तिमा भनेका छन्, ‘स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ, दिदीबहिनीले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई प्रारम्भिक रूपमा सहयोग गर्नका लागि सामाजिक सञ्जाललगायतमा यस अभियानको लोगो राखी दिनहुन तथा सार्वजनिक एवम् निजी क्षेत्रका सङ्घसंस्थाले पनि यस कार्यलाई उत्साहका साथ दिनहुन हार्दिक अनुरोध गर्दछु ।’

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता