रुरुक्षेत्र गाउँंपालिकामा भौतिक उपस्थितिमै पठनपाठन सुरु गरिने



भदौ १७,माधव ज्ञवाली, गुल्मी ।

जिल्लाको रुरुक्षेत्र गाउँंपालिकामा उपस्थितिमै पठनपाठन हुने भएको छ। गाउँ शिक्षा समिती र लिडर विद्यालयका प्रधानाध्यापकको संयुक्त पहलमा गरिएको निर्णयबाट भदौ २० गते आइतबारदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागिएको शिक्षा शाखा प्रमुख रामप्रसाद अधिकारीले बताए।

थोरै विद्यार्थी भएको विद्यालयमा नियमित र विद्यार्थीको चाप बढी भएको विद्यालयमा आलोपालो गरि पठनपाठन गराउने निर्णय गरिएको उनको भनाई छ। एउटा कक्षामा २ मिटरको दुरि कायम गरि बढिमा २० देखि २२ जना विद्यार्थी अट्नेगरी पठनपाठन गराइने उनले बताए। स्वास्थ्यकर्मीको सल्लाह अनुसार नै स्वास्थ्यका सम्पुर्ण सुरक्षा अपनाएर पठनपाठन गर्न लागिएको र १० बजेदेखि ३ बजेसम्म कक्षा संचालन हुने उनको भनाई छ।

राज्यले पालिकाको अवस्था विश्लेषण गरेर भौतिक रुपमै पठनपाठन सुरु गर्न सक्ने प्रावधान ल्याएसङ्गै रुरुक्षेत्रमा पठनपाठन सुरु गर्न लागिएको सामाजिक विकास समिति संयोजक शेषनारायण पौडेलले बताए। उनका अनुसार सबै क्षेत्रका विद्यार्थी नजुध्ने गरि भेग मिलाएर सामाजिक दुरि कायम गरि पठनपाठन हुनेछ। उनी भन्छन् कोरोनाको जोखिम घटेको त छैन तर संक्रमण दर कम छ। कोरोना संक्रमण भएको क्षेत्रका बालबालिका संक्रमण काल भरि विद्यार्थी आउने छैनन् ।

यता स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारीले रुरुक्षेत्रमा कोरोना संक्रमणको जोखिम कायमै भएको तर संक्रमण दर केही घटेको बताए। उनका अनुसार हालसम्म रुरुक्षेत्रमा सक्रिय कोरोना संक्रमितको सङ्ख्या ५० छ। रुरुक्षेत्र १ मा २ जना सक्रिय संक्रमित रहेकोमा रुरुक्षेत्र २ मा भने एकजना पनि सक्रिय संक्रमित छैनन् ।

सबैभन्दा बढी सक्रिय संक्रमित रुरुक्षेत्र ३ मा रहेका छन् । त्यहा १५ जना सक्रिय संक्रमित रहेका छन् ।रुरुक्षेत्र ४ मा पनि सक्रिय संक्रमितको सङ्ख्या धेरै छ । हालसम्म त्यहा १२ जना सक्रिय संक्रमित रहेका छन् । रुरुक्षेत्र ५ मा ५ जना र ६ मा ७ जना सक्रिय संक्रमित रहेको अधिकारीको भनाइ छ।।

रुरुक्षेत्र भित्रैका बासिन्दा तर अन्य ठाउँमा परिक्षण गर्दा पोजेटिभ देखिएका ९ जना गरेर पालिकामा जम्मा ५० जना सक्रिय संक्रमित रहेको उनले बताए ।

नेपाल सरकारले अवस्था हेरेर भौतिक उपस्थितिमा विद्यार्थीलाई पठनपाठन गराउने निर्णय गरेको र जिल्ला समन्वयबाट त्यो प्रक्रिया अघि बढे अनुरुप कतिपय ठाउँमा पठनपाठन संचालन सुरु भएको बताउँदै राज्यले तोकेको २ मिटरको भौतिक दुरि कायम गरि मास्क,सेनिटाइजर र नियमित साबुन पानीको ब्यवस्थापन मिलाएर न्यून विद्यार्थीको उपस्थितिमा मात्र कक्षा संचालन गर्न सुझाब दिएको अधिकारीको भनाई छ।

स्वास्थ्य शाखा मार्फत विद्यार्थीहरुलाई उपलब्ध गराउन १० हजार मास्क शिक्षालाई उपलब्ध गराएको उनले बताए ।

कक्षा पुर्ण रुपमा संचालन गर्ने अवस्था नरहेको बताउँदै उनले एउटा कक्षामा २ मिटरको दुरि कायम गर्दा अटाउन सक्ने विद्यार्थी राखेर मात्र पठनपाठन गराउनुपर्ने बताए। रुरुक्षेत्र ३ थानापतीमा संक्रमण दर धेरै भएकोले त्यहाँका बालबालिकालाई तत्काल विद्यालयमा बोलाउन नहुने उनले बताए।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता