नेकपा गुल्मी गर्यो शहिद परिवार संग भेटघाट तथा छलफल !



गुल्मी ।

नेकपा गुल्मीद्वारा सत्यवती गाउँपालिका –२, ठूलोलुम्पेक, चेहेमीमा जनयुद्धका महान सहिद क. मनोजका दिवंगत आदरणीय बुवा नरबहादुर तरामु मगरको घरपरिवार एबं आफन्तजनलाई भेटघाट गरेको छ ।

भेटघाट तथा छलफलको क्रममा गुल्मी जिल्ला सेक्रेटरी खोमा तरामुले बोल्दै जनयुद्धको क्रममा शहिद हुनुभएका महान शहिदहरु प्रति संझना गर्दै, शहिदहरुको सपना पूरा नभएको र शहिदहरुको सपना पूरा गर्न एकिकृत जनक्रान्तिको माध्यामबाट बैज्ञानिक समाजवादसम्म पुग्ने लक्षसहित अहिले हुन गइरहेको स्थानिय तहको निर्वाचनलाई उपयोग गर्दै एमसीसी विरुद्ध, राष्ट्रवादी, देशभक्त स्वतन्त्र उम्मेद्वारलाई सहयोग गर्नु पर्ने बताएका छन् ।

भेटघाट कार्यक्रममा महान शहिद  मनोजको स्मरण गर्दै उहाँको आदरणीय दिवंगत बुबा नरबहादुर तरामु मगरको १३औँ पुन्य तिथिको अवसरमा आज १२औँ दिन श्रद्धाञ्जली सभा तथा भेटघाट छलफल कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा महान शहिदहरुको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै देशको वर्तमान परिस्थीति एवं राजनितिक विषयमा पनि छलफल भएको जनाएको छ ।

भेटघाटमा नेकपा सेक्रेटरी क। सुमन, जिल्ला सल्लाहकार क। बुद्धिसागर, जिल्ला सदस्य क। पुरूसोत्तम, युवा संगठन नेपाल सत्यवती गाउँपालिका संयोजक क। गम्मरसिंह तरामु मगरलगायतको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता