धुर्काेट नयाँगाउँका किसानलाई टनेल वितरण



धुर्काेट १ नयाँगाउँका किसानलाई टनेल वितरण

चैत १४ गुल्मी ।

धुर्काेट गाउँपालिका -१ नयाँगाउका ३० जना कृषकलाई प्लास्टिक टनेल वितरण गरिएको छ।

धुर्काेट गाउँपालिका -१ काे आब २०७९/०८० काे बार्षिक कार्यक्रम एक घर एक करेसाबारी अन्तर्गत टनेल प्रदान गरिएको वडा अध्यक्ष चेतमान कुवरले जानकारी दिए ।

वडा कार्यालयले निबेदन माग गरे अनुसार ३० जना कृषकले आबेदन पेश गरेता पनि हाल अनुगमनमा जाँदा ९ जनाले मात्र टनेलघर निर्माण गरेकाे र उनिहरुलाई मात्रै टनेल प्रदान गरिएको कृषि प्राविधिक भावना महतले जानकारी दिईन ।

टनेल बुझ्न बाकी रहेका कृषकलाई टनेल घर बनाउन वडाले आग्रह गरेको वडा सचीव नारायण पोख्रेलले बताए । साथै अनुगमन गरेर टनेल वितरण गरिने पोख्रेलले उल्लेख गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता