चौरासी पुजामा जम्मा भएको पैसा बाट विद्यालयमा अक्षय कोष स्थापन !



असार १८ गुल्मी ।

मालिका गाउँपालिका ८ मर्भुङ्गमा रहेको खडक आधारभुत विद्यालयमा अक्षय कोषको स्थापना गरिएको छ । स्थानीय चुणामणी अर्यालले आफ्नी आमा मदन कुमारी अर्यालको चौरासी पुजामा जम्मा भएको पैसा बाट बुबा हरि प्रसाद अर्यालको सम्झनामा अक्षय कोष स्थापन गरेका हुन ।
चौरासी पुजामा जम्मा भएको रकम बाट ५१ हजार पाँच सय ५५ रुपैयाँ धनराशिको अक्षय कोष गरिएको त्यस वडाका वडा सदस्य सागर गिरीले जानकारी दिए । शुक्रबार मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालको विशेष उपस्थितिमा एक औपचारिक कार्यक्रमका बिच अक्षय कोषको स्थापना गरिएको हो । साथै अक्षय कोष बाट वार्षिक रुपमा आउने ब्याजको रकमले सोही विद्यालयमा अध्ययन गर्ने जेहन्दार ,गरिब तथा विपन्न विद्यार्थीको अध्ययनमा रकम खर्च गरिने विद्यालयले जनाएको छ ।
त्यस्तै मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले चुणामणी शर्मा अर्यालको परिवारले उदाहरणी र सामाजिक कार्य गरेको बताएका छन । चौरासी पुजामा जम्मा भएको रकम शिक्षा क्षेत्रमा खर्चिएर समजमा पुण्यको काम गरेको अर्यालले उल्लेख गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता