चोरीका घटना बढ्न थालेपछि सत्यवती चोरकाटेका युवाले थाले सिसिटिभी क्यामेरा जडान अभियान



भदौ -३ गुल्मी ।

सत्यवती गाउँपालिका ६ चोरकाटेमा पछिल्लो समय चोरीका घटना बढ्न थाले पछि सिसिटिभी क्यामेरा जडान अभियान सुरु गरिएको छ । रुद्रावती क्लबको सक्रियतामासिसिटिभी क्यामेरा जडानको लागी आर्थीक संकलन अभियान सुरु गरिएको क्लबका अध्यक्ष अशोक सुवेदीले जानकारी दिए ।

अहिले सम्म क्लबका पदाधीकारी तथा सत्यवती गाउँपालिका ६ चोरकाटेका स्थानीय वासी द्धारा ४० हजार रकम संकलन भएको र , ८० देखी एक लाख सम्म रकम संकलन गर्ने उदेश्य क्लबको रहेको छ । संकलित रकम बाट चोरकाटेका चार स्थान बुर्तीबाङ्ग र शान्तीपुर जाने मुख्य चोक,विद्यालय क्षेत्र, पेट्रोल पम्म क्षेत्र र शान्तीपुर ,चिदिपानी चोकमा सिसिटिभि क्यामेरा जडान गरिने क्लबका अध्यक्ष सुवेदीले बताए ।

चोरीका घटना बढ्न थालेपछि नियन्त्रणको लागी सिसिटिभि क्यामेरा जडान गर्न थालिएको क्लबले जनाएको छ । चोरकाटेमा गएको असार २६ गते पसलमा चोरी भएको थियो, भने साउन ३० गते मोटरसाईकल चोरी भएको थियो ।
त्यस्तै यता सत्यवती गाउँपालिकाले रुद्रावती क्लबले राम्रो कार्यको थालनी गरेको बताउदै सक्दो सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता