चन्द्रकोट गाउँपालिकाको दोस्रो कार्यपालिका बैठक सम्पन्न प्रबक्तामा खरेल



२९ जेठ गुल्मी ।

चन्द्रकोट गाउँपालिका गुल्मीको दोस्रो कार्यपालिका बैठक सम्पन्न भएको छ । नवनिर्बाचित अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा भएको बैठकले बिषयगत समितीहरु गठन गरेको छ ।
पूर्वाधार विकास समितीको संयोजक वडा नम्बर १ का वडा अध्यक्ष घनश्याम खरेल भएका छन । सामाजिक विकास समितीको संयोजक वडा नम्बर ८ का वडा अध्यक्ष फणीन्द्रराज अर्याल, आर्थिक विकास समितीको संयोजक वडा नम्बर ४ का वडा अध्यक्ष बलबहादुर बस्नेत भएका छन । त्यस्तै सार्बजनिक सेवा तथा क्षमता विकास समितीको संयोजक कार्यपालिका सदस्य बिष्णुमायाँ सापकोटा सर्बसम्मत भएकी छन । वन वातावरण तथा बिपद ब्याबस्थापन समितिको संयोजक वडा नम्बर ५ का वडा अध्यक्ष पृथ बहादुर कार्की भएका हुन ।
चन्द्रकोट गाउँपालिकाले स्थानीय सरकारको प्रबक्तामा घनश्याम खरेललाई तोकेको छ । साथै लेखा समितिको संयोजकमा वडा नम्बर ३ का वडा अध्यक्ष डिल्लीराज सुबेदी भएका छन । विधायन समितिको संयोजक कार्यपालिका सदस्य बिष्णुकला थापा र सुशासन तथा संस्थागत विकास समितीको संयोजक कार्यपालिका सदस्य सुर्य बहादुर बस्याल भएका छन ।
अर्को कार्यपालिका बैठक असार ४ गते बस्ने साथै असार ६ गते नीति तथा कार्यक्रम पेश गर्ने र असार ९ गते आ.व २०७९र०८० को बजेट पेस गर्ने निर्णय सर्बसम्मत भएको गाउँपालिकाका सुचना अधिकारी शिवप्रसाद ज्ञवालीले बताएका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता