चन्द्रकोट गाउँपालिकाका ८ जना हरित स्वयं सेवकलाई पोसाक वितरण



मनोज कार्की

४ भदाै, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाका हरित स्वयं सेवकलाई पोसाक वितरण वितरण गरिएको छ । ८ वटा वडाका ८ जना स्वयं सेवकहरुलाई पोसाक वितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

शुक्रबार एक कार्यक्रम आयोजना गरी जिल्लाको चन्द्रकोट गाउँपालिकाका ८ जना स्वयं सेवकलाई टिसर्ट, ट्रयाक सुट, सुट, जुत्ता, क्याप र झोला वितरण गरिएको हो । कृषि ज्ञान केन्द्र, गुल्मीको आर्थिक वर्ष २०७७-७८ बाट संचालित जिल्लास्तरमा हरित स्वयं सेवक परिचालन कार्यक्रम जिल्लाको चन्द्रकोटमा पनि स्वयं सेवकलाई पोसाक वितरण गरिएको छ ।

चन्द्रकोट गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाई स्वयं सेवकले नमुना फार्म दर्ता गरी कृषिको आधुनिकीकरण गर्न र कृषि उद्यमी सृजना गर्न हरित स्वयं सेवक कार्यक्रम संचालनमा ल्याइएको चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण खत्रीले बताए । कृषि ज्ञान केन्द्र गुल्मी र गाउँपालिकाले संचालन गरेका कार्यक्रमले कृषिमा आत्मनिर्भर बन्न हरित स्वयं सेवकको भूमिका महत्वपूर्ण हुने हुदाँ तोकिएको जिम्मेवारी पुरा गर्न स्वयं सेवकलाई गाउँपालिकाका अध्यक्ष खत्रीले आग्रह गरेका छन् ।

हरित स्वयं सेवक कार्यक्रमले गाउँपालिका भित्र कृषि गर्न चाहने कृषकलाई टेवा पुग्ने र गाउँपालिकाले कृषि क्षेत्रमा फड्को मार्न सक्ने भएकाले यसमा कृषकसँगै गाउँपालिका पनि लागि पर्नुपर्ने कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए ।

जिल्ला स्तरमा संचालित हरित स्वयं सेवक परिचालन गरी कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ यो कार्यक्रम ल्याइएको र गाउँ-गाउँमा यस कार्यक्रमलाई प्रभावकारी बनाउन आँफु र आफ्नो कार्यलयले सक्दो सहयोग गर्ने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख भण्डारीले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कृषि तथा पशु क्षेत्रको विकासका निम्ति छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता