गुल्मी उद्योग बाणिज्य संघको अध्यक्षमा पौडेल निर्वाचित



पुस-२५ गुल्मी ।

गुल्मी उद्योग बाणिज्य संघको अध्यक्षमा ईश्वरीप्रसाद पौडेल निर्वाचित भएका छन् ।

शनिबार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न ३० औं साधारण सभा तथा ११ औं अधिवेशनले पौडेलको अध्यक्षतामा आगामी तीन वर्षका लागि १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद पन्थी, मृगेन्द्रप्रसाद श्रेष्ठ, ताराप्रसाद भुसाल निर्वाचित भएका छन् । समितिको महासचिवमा ईश्वरी बेल्वासे, सचिवमा चेतनारायण पाण्डे, कोषाध्यक्षमा बिष्णु अधिकारी, सहकोषाध्यक्षमा ईश्वरी कंडेल निर्वाचित भएका छन् ।

अघिल्लो अधिवेशन चुनावी प्रणालीमा गएसंगै जिल्लामा व्यपारीहरुको छाता संगठन उद्योग बाणिज्य संघ राजनीतिक प्रभावका कारण व्यापारीहरू विभाजित भएका छन् ।
गुल्मी उद्योग बाणिज्य संघमा चार सय ५२ जना व्यापारीहरू आवद्ध रहेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता