गुल्मी अपडेट :लगातारको वर्षात्ले गुल्मीमा कहाँ के भयो ?



भदौ -११ गुल्मी ।

देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठुलो मानविय तथा भौतीक क्षेती भए पनि पहाडी जिल्ला गुल्मीमा भने अहिले सम्म त्यस्तो कुनै ठुलो क्षेती भएको छैन । अविरल वर्षाका कारण रिडी रुद्रवेणी सडक खण्ड अवरुद्ध भएको छ ।

सडक खण्डक अन्र्तगत रुरु क्षेत्र गाउँपालिका २ को साघुरेमा पहिरो जादा अवरुद्ध भएको हो । यस बाहेक जिल्लाका केही स्थानीय तहमा सडक अवरुद्ध भएपनि जिल्लामा मानविय तथा ठुलो भौतीक क्षेती नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी (डिएसपी)पुरुषत्तम पाण्डेका अनुसार जिल्लामा सामान्य क्षेती भएपनि मानविय क्षेती तथा घरगोठ जोखीममा परेको कुनै रिर्पोट नआएको बताए । लगातार परेको वर्षातका कारण खोलामा पानीको बाहव बढेको छ । भने दैनिक जिवन पनि कष्टकर बनेको छ ।
लगातार वर्षात् भएका कारण नागरिकलाई सुरक्षीत रहन जिल्ला प्रशासन कार्यालय गुल्मीले अनुरोध गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता