गुल्मी अटो रिक्सा दुर्घटना एक जनाको मृत्यु ,दुई गम्भीर सहित चार जना घाइते



पुस ४ गुल्मी ।

गुल्मीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई गम्भीर सहित चार जना घाइते भएका छन ।
शुक्रबार जिल्लाको गैडाकोट बाट सदरमुकाम तम्घास आउदै गरेको लु १ ह २७४३ नम्बरको अटो रिक्सा रेसुङा नगरपालिका -१३ भगेरिमा अनियंत्रित भैइ दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि अटो रिक्सा चालक रेसुङा नगरपालिका १२ का ३० वर्षीय तेज बहादुर रानाको जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनएको छ ।
दुर्घटनामा परि रेसुङा नगरपालिका – २ का वर्ष २७ का सुनिल विक र वर्ष १८ का सुरज विक गम्भीर घाइते भएका छन । उनिहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।
त्यस्तै रेसुङा नगरपालिका -२ का १६ वर्षीय रोशन परियार र रेसुङा नगरपालिका -१२ क १० वर्षीय रमेश खत्रीको अवस्था मध्यम रहेको र जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

गए राती ८ः४५ को समयमा अटो दुर्घटना भएको थियो भने अटो रिक्सा सडक बाट करिब २०० मिटर तल खसेको गुल्मी प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता