कोदो प्रर्वद्धनले किसानमा उसाह,बिचौलीयामा निरशा



डिबि खड्का फागन ३ गुल्मी ।

गुल्मीको इस्मा गाँउपालिका कोदो उत्पादनको लागी प्रचुर सम्भावना रहेको क्षेत्र हो । परम्परागत रुपमा किसानले उत्पादन गदै आएको कोदोले बजार नपाए पछी इस्मा गाँउ पालिकाले किसानले उत्पादन गदै आएको कोदो आफै खरिद गरि किसानलाई उत्पादनमा हौसला प्रदान गरे तापनि बिचौलीयाका कारण प्रभावकारी हुन नसक्दा कोदो बजारीकरणमा चुनौती थपीएको छ ।
इस्मा गाँउपालिकाले किसानले उत्पादन गरेको कोदोकोे दोब्वर मुल्य तिरी आफै खरिद गर्ने निणर्य गर्यो । कोदो प्रर्वद्धनको लागी उपाध्यक्ष बिमला खत्रीको अध्यक्षतमा सात सदस्यीय कोदो प्रर्वद्धन समिति गठन गरि दुई सहकारी सस्थाको माध्यम बाट कोदो खरिद प्रक्रिया अघि बढायो तर दुई सात नबित्दै कोदो बजारीकरणमा भने समस्या पैदा भएको छ । कोदो उत्पादन गर्दा निकै परिश्रम गर्नु पर्ने हुदाँ किसानलाई उचित मुल्य दिंदा बिचौलीयाले चलखेल गरको इस्मा गाँउ पालिकाको दावी छ । इस्मा गाँउ पालिकाका अध्यक्ष लक्ष्मण विष्टले भने “ इस्माको कोदो प्रचार प्रसार गर्दा र किसानलाई उचित मुल्य दिंदा बिचमा बिचौलीयाले चलखेल गरेको आरोप लगाए “ । साथै विष्टले भने “बिचौलीयालाई चुनौती दिदै कोदो गाँउ पालिकाले खरिद गरि किसानलाई उचित मुल्य प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ”े ।

सरदर ७० देखी ८० रुपैया प्रती पाथी कोदो बेच्दै आएका किसानले १५० रुपैया प्रतीपाथी मुल्य पाउँदा किसान निकै हषीर्त छन् । स्थानीय किसान प्रेम भुसालले भने ूपहिला ७० देखी ८० रुपैयाँ पाथी कोदो बिक्री गथ्र्यौ तर अहिले गाँउ पालिकाकले दोब्वर मुल्य तिरेर खरिद गरको जसले गर्दा हामीलाई कोदो उत्पादनमा हौसला प्रदान गरको छ ू।

८१।८९ हेक्टरमा फैलिएको इस्मा गाँउपालिकाको खेती योग्य जमिनको ७० प्रतीशत भु भागमा कोदो खेती हुने गर्दछ । वार्षीक ५०, देखी ६० मेट्रीकटन कोदो उत्पादन हुने इस्मा गाँउ पालिकाको दावी छ । कोदोको महत्व बारे बुझाउन नसक्दा पनी समस्या सिर्जना भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए । पकै पनि
कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । भने यसबाट क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्वहरु कोदोमा पाईने गर्दछ  ।

केदो प्रर्बद्धिकरणको नीम्ती इस्मा गाँउपालिकाकले असी हजार लगातमा दुई वटा गेडिड् मेशिन पड्खा तथा बोरा सिउने मेशसिन समेत खरिद गरेको छ । दुई सहकारीमा गरी अहिले करिब ६० क्निटल कोदो गोदममै थन्कीएको छ । भने शहकारीलाई कोदो बेच्न हम्मेहम्मे परेको छ । यता इस्मा गाँउ पालिकाकी उपाध्यक्ष तथा कोदो प्रर्वद्धन समितिकी अध्यक्ष बिमला खत्रीले भने कोदो व्यवस्थापन गरि किसानलाई सहुलियत प्रदान गर्ने दावी गरिन । बिचौलीयालाई चिदै इस्मा गाँउ पालिकाले लिएको कोदो प्रर्वद्धन नितिलाई अगाडी बढाउन आवश्यक छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता