गुल्मीका यी साहसी व्यक्ति जसले आफू माथी आइलाग्ने चितुवालाईनै मारिदिए !



भदौ २६ गुल्मी ।

गुल्मीको रेसुङ्गा नगरपालिका ६ निनिचौरमा अचम्मको घटना घटेको छ । स्थानीय यम बहादुरको कुवरको कुखुरा खोरमा कुखुरा खान पसेको चितुवा कुवर माथिनै आइलागे पछि कुवर र चितुवाको झडप हुँदा चितुवाको मृत्यु भएको छ भने कुवर घाइते भएका छन । आज बिहान कुवर र चितुवा बिच झण्डै ५ मिनेट झडप भएको बताईएको छ । ३० वर्षीय कुवरको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भैईरहेको छ । भने घटना स्थलमा प्रहरी तथा बन कार्यालय गुल्मी पुगेको छ । जिल्ला बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले चितुवाको मुचुल्का उठाउने काम भैइरहेको बताए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता