गुल्मीका पहिरो पिडितलाई नेपाली काङ्ग्रेसको आर्थिक सहयोग ।

सुमन महतारा साउन १६ गुल्मी
गुल्मीको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकका पहिरोपीडितलाई नेपाली कांग्रेस प्रदेश नम्बर ५ ले आर्थिक सहयोग गर्ने भएको छ ।
बिहीबार बसेको कांग्रेस प्रदेश ५ संसदीय दलले एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
प्रदेश सांसद तथा पाल्पा कांग्रेसका जिल्ला सभापति बिरबहादुर रानाले आजको बैठकले गुल्मीका पहिरोपीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए ।
साउन ६ गते सोमबार परेको वर्षासँगै गएको पहिरोले लिम्घा र ठूलो लुम्पेक १३ जनाको मृत्यु भएको थियो।