एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिनु पर्ने मालिका वासिको माग !



फागुन १९ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाका जनताले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिनु पर्ने माग गरेका छन् ।
बिहिवार गाउँपालिकाको वडा नम्बर सात घमिरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय वीर बहादुर थापाले यस्तो माग राखेका हुन ।
सरकारले एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिए पनि पुरुषलाई नदिएको गुनासो गर्दै स्थानीय सरकारले एकल पुरुषको लागि भत्ताको व्यवस्था गर्न थापाले माग गरे । सबै एकल पुरुषको अवस्था एउटै नरहेको बताउदै स्थानीय सरकारले भत्ताको व्यवस्था गरे एकल पुरुषलाई राहत हुने उनले उल्लेख गरे ।

थापाको मागलाई महिलाले समेत समर्थन गर्दै ताली पिटेका थिए ।
जबाफमा गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले सामाजिक सुरक्षा भत्ता संघिय सरकारको कार्यक्रम रहे पनि स्थानीय जनताको माग अनुसार एकल पुरुषलाई सकेसम्म भत्ता नत्र कुनै कार्यक्रम बाट गाउँपालिकाले समेट्ने बताए ।

सार्वजनिक सुनाई कार्यक्रममा स्थानीय जनता सङै विद्यार्थीले समेत आफ्ना जिज्ञासा तथा सुझाबहरु राखेका थिए । विकास निर्माणका काम गुणस्तरीय हुनु पर्ने , उत्पादनमा आधारित अनुदान रोक्न नहुने ,विद्यालय को ५ सय मिटर वरपर धूम्रपान तथा मद्यपान बिक्रीवितरणमा रोक लगाउनु पर्ने , नि शुल्क तथा गुणस्तरीय शिक्षा उपलब्ध गराउनु पर्ने जस्ता माग राखेका थिए ।
उठेका गुनासा तथा जिज्ञासा्को गाउँपालिका अध्यक्ष देवीराम अर्याल ,उपाध्यक्ष उपेन्द्र अर्याल ,प्रमुख प्रशासकीय अधिकृत विकास खनाल , वडा अध्यक्ष तथा विषयगत शाखाका प्रमुख लगायतले जबाफ दिएका थिए ।
उत्पादनमा आधारित अनुदान दिन कुनै आधार नभएका कारण यो वर्ष रोकिए पनि आउने वर्ष देखि नयाँ कार्यविधि बनाएर कृषकलाई अनुदान तथा राहत दिने उपाध्यक्ष अर्यालले बताए ।
त्यस्तै बजार व्यवस्थापन समिति गठन गरि विद्यालयको ५ सय मिटर भित्र धूम्रपान तथा मद्यपानलाई निषेध गर्ने , शिक्षा ,स्वास्थ्यलाई गुणस्तरीय बनाउन सम्बन्धित शाखा र वडालाई निर्देशन दिने अध्यक्ष देवीराम अर्यालले बताए ।
प्रमुख प्रशासकीय अधिकृत विकास खनालले सेवा प्रवाहलाई आगामी दिनमा थप चुस्त दुरुस्त बनाई जनतालाई सहज ढङ्गले सेवा दिने बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता