अर्जै माविको सम्मानजनक हार : तेस्रो फोर्टिन स्टार कपको उपाधी महेन्द्र माविलाई



चैत -७ गुल्मी ।

सदरमुकाम तम्घास सम्पन्न तेस्रो फोर्टिन स्टार कपको उपाधि महेन्द्र नमुना माद्यामिक विद्यालय तम्घासले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा मालिका गाउँपालिकाको अर्जै माद्यामिक विद्यालयलाई १-० ले पराजित गर्दै महेन्द्र माविले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

महेन्द्र नमुनाका लागि खेलको १८ औं मिनेटमा कप्तान सुरज खत्रीले फ्रिकिक मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १ गोलले पछि परेको अर्जै माविले रक्षात्मक खेल खेल्दै अन्तिमसम्म निरन्तर दवाबमा राखे पनि गोल गर्न सकेन । उसका लागि जर्सी नम्बर तीनका खेलाडी कमल परियारले निरन्तर काउन्टर अट्याक गरे पनि गोल गर्न भने असफल भए ।

महेन्द्र नमुनाका लागि १८ औं मिनेट पाएको फ्रिकिक सुनौलो अवसर बन्न पुग्यो । १८ औं मिनेटको गोलले महेन्द्र माविलाई फोर्टिन स्टार कपको लगातार तीन पटक उपाधि चुम्दै ह्याट्रिक पुरा गर्ने सफलता मिल्यो ।

उपाधिसँगै महेन्द्र नमुना माद्यामिक विद्यालयले ३५ हजार नगद कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको अर्जै माविले नगद २५ हजार हात पारेको छ ।

चैत ३ गते देखि सुरु भएको प्रतियोगितामा जिल्लाका ११ वटा माद्यामिक विद्यालयको सहभागिता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता