अर्जै बासीको माग :दिर्घकालीन सिपमुलक तालिम देउ



माघ १५ ।

गुल्मीको मालिका गाउँपालिका वडा नम्वर ६ अर्जेका स्थानीयले गाउँपालिका समक्ष दिर्घकालीन सिपमुलक तालीमको माग गरेका छन् । गरिबी निवारणको लागी लघुउद्यम कार्यक्रम अन्र्तगत सञ्चालीत कार्यक्रमहरु बाट आफुहरुले दिर्घकालीन सिप पाउनु पर्ने माग राखेका हुन ।
विहिबार आवश्यकता छनोट सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनिहरुले मुडा बुन्ने, दालमोट बनाउने, विधुत जडान, कपाल काट्ने र पलम्वर सम्बन्धी तालीम प्रदान गर्ने आग्रह गरेका हुन । साथै अर्जैमा भएका विकासका काम मा बाहिरको नागरीकले काम गरिरहेको बताउदै आफुहरुलाइृ सिकर्मी तथा डकर्मीको तालिम दिन समेत माग राखेका छन् ।
अर्जै बासीको माग प्रती गाउँपालिका सकरात्मक रहेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । साथै अर्जै बासीका माग पुरा गर्ने आफुहरु प्रतिबद्ध रहेको उल्लेख गरे ।
स्थानीय स्तरमै तालीम तथा आवश्यक ज्ञान सिप प्रदान गरी नागरीकलाई स्वरोजगार र मध्यम वर्गीय जन शक्तीमा उत्पादन गरी गाउँपालिकालाइ आत्मनीर्भर बनाउने उदेश्य रहेको मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले बताए । गरिबी निवारणको लागी लघुउद्यम कार्यक्रम मालिका गाउँपालिकाका चार वटा वडाहरु २,४,६ र आठ मा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता