अर्घाखाँचीमा घरको छतबाट खसेर ९२ वर्षिय वृद्धको मृत्यु !



असोज -२० अर्घाखाँची ।

अर्घाखाँचीमा घरको छतबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सन्धिखर्क नगरपालिका – १ शान्ति बगैंचा मुनि बस्ने ९२ वर्षिय खिमानन्द पौडे्ल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

आफ्नै घरको छतबाट खसेर मृत्यु भएको र पोस्टमार्टमको लागि अर्घाखाँची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए।

घटना बारे थप अनुसन्धान समेत भैरहेको अर्घाखाँची प्रहरीले बताइएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता