आठौ मालिका पुर्णिमा मेलाको आज अन्तिम दिन

कार्तिक २१,गुल्मी
आठौँ मालिका पुर्णिमा मेला २०७९, खुल्ला अन्तर पालिका वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता एवम विविध सास्कृतिक कार्यक्रमको आज समापन हुदै छ। मुसिकोट ६ स्थित कुर्घाको मालिका मन्दिर परिसरमा भैरहेको कुर्घा मालिका जाऔ मालिका माताको दर्शन गरि पुण्य कमाऔँ भन्ने नाराका साथ बुधबारबाट कार्यक्रम सुरु भएको हो । कार्यक्रमको आज समापन हुने आयोजकले जनाएको छ ।
`कुर्घाको शान, मालिकाको पहिचान´ भन्ने उद्देश्यकासाथ सुरु गरिएको मेलामा विविध सास्कृतिक कार्यक्रममा आज फाइनल भलिबल तथा राष्ट्रीय कलाकारको प्रस्तुति रहने मालिका पुर्णिमा मेला मुल समारोह समितिले जनाएको छ । आज कलाकारहरु रेशम निर्दोश, सुमन थापामगर, ओम सेन्चुरी र धनमाया राना लगायतको प्रस्तुति रहने छ। साथमा स्थानिय झाकि, पन्चेबाजा, भजन ,कौडा नाच आदि प्रस्तुति रहनेछन ।
भलिबल अन्तरगतका खेलहरु शुक्रबारबाट सुरु भएका र अहिलेसम्म भलिबलका अन्य खेलहरु सम्पन्न भएका छन्।दोश्रो सेमिफाइनल खेल अन्तर्गत रुस्ति युवा क्लव गल्कोट र सिर्जनशिल युवा क्लव गुन्धारा भिड्दैछन। उक्त खेलमा जीत निकाल्ने समुह फाइनल प्रवेश गर्नेछ ।
कार्यक्रमको प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल रहने र मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झबिराम शर्मा, नगर भित्रका वडाध्यक्षहरु, शिक्षक, पत्रकारहरु, समाजसेवि , कार्यक्रमका संयोजक प्रेम बहादुर रायमाझी लगायतको उपस्थिति रहने छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।