स्वास्थ्य चौकी बन्ने भएपछी गुल्मी ग्वादीका स्थानीय हर्षीत



चुरामणी तिमिल्सिना -पुस ९, गुल्मी

रुरुक्षेत्र गाउँपालिका  २- ग्वादी गुल्मिमा औपचारिक कार्यक्रमका साथ ग्वादी स्वास्थ्य चौकी को बैधिक विधि सहित रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष निलकन्ठ गौतमले सिलिन्न्यास गर्नु भएको छ। नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गर्न लागियको स्वास्थ्य चौकिको जिम्मा तम्घास स्थित कृष्ण कन्स्ट्रक्सन प्रालिले लिएको हो । भवन सम्पन्न गर्न ९१ लाख ९२ हजार लाग्ने छ ।

स्वास्थ्य चौकिका उपाध्यक्ष देब्रेन्द्र मल्लले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देबि पन्त प्रमुख प्रसासकिय अधिकृत चेतनाथ गिरि स्वास्थ साखा प्रमुख छत्र बहादुर अधिकारी कार्यक्रममा विशिष्ट अतिथि रहनु भएको ।

यस्तै वडा सदस्य भुबन बराल , रिता बराल, सोभराज रेगामी ,ग्वादी माबिका प्रधानाध्यापक चुरामणी बराल , जगा दाता हरि हर ज्ञवाली , विभिन्न पाटिका प्रतिनिधि , पत्रकार, महिला समूह , सामाजिक अभियान्ताहरुको सहभागीता रहेको थियो। कार्यक्रममा बोल्दै जगादता ज्ञवाली ले ५ रोपनी जगा आफ्ना स्व. पिता नरिनारायण ज्ञवाली को सम्झना गर्दै  आफुले प्रदान गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले स्वास्थ्य चौकीको भवन समयमै सपन्न्न गर्न आग्रह गर्दै अबका केही वर्षमा स्वास्थ्य सम्बन्धीं अधिकाँश समस्या गाउँमै समधान हुने बताउनु भयो । कार्यक्रमको अध्यक्षता वडा अध्यक्षता घनश्यम अर्यालको थियो भने सन्चालन स्वास्थ्य चौकीका प्रमुख राजेस कुमारले गर्नु भएको ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता