शाईन रेसुङ्गा बैंक सिमलटारी शाखा द्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण !



मङ्सिर ३ गुल्मी ।
मालिका गाउँपालिका _८ स्थित शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक शाखाले एक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ ।
उसले सामाजिक उत्तरदायित्व अन्तर्गत सोही वडाको थानपती निमाविलाई एक सेट कम्प्युटर प्रदान गरेको हो ।
विद्यालयको आवश्यकता र माग अनुसार कम्प्युटर दिईएको शाखाका प्रमुख दिपक पाण्डेले बताए ।
सोमबार एक कार्यक्रमका बीच शाखा प्रमुख पाण्डेले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको विद्यालयका सूचना अधिकारी राजु पौडेलले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष देवीरामले बैंकलाई धन्यवाद दिए । बैंकको सहयोगले सूचना प्रविधि क्षेत्रमा टेवा पुग्ने उनले विश्वास ब्यक्त गरे । साथै गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता समेत जाहेर गरे ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई धन्यवाद दिदै बैंकको सहयोग अतुलनीय रहेको बताए । अध्यक्ष खड्काले भने “विद्यालयमा कम्प्युटर अत्यन्तै आवश्यक थियो जुन आवश्यकता बैंकले पूरा गरिदिएको छ, जसले शैक्षिक गुणस्तर सङै विद्यार्थीलाई सूचना प्रविधिमा जोड्ने छ´´ ।
वित्तीय संस्था बाट पहिलो पटक विद्यालयलाई सहयोग मिलेको हुँदा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकप्रती हेर्ने नजरनै फेरिएको प्रधानाध्यापक गोबिन्द बुढाले बताए । विद्यालयमा रहेको एउटा कम्प्युटर बाट प्रशासनिक काम सङै विद्यार्थीलाई सिकाउन गाह्रो बनेको अवस्थामा बैंकले कम्प्युटर उपलब्ध गराए संगै धेरै सहज हुने प्रधानाध्यापक बुढाको भनाई छ ।
कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी केसी,शिक्षा शाखाका सुरज जिसी,अभिभावक गजिन्द्र पौडेल ,सन्तोष पौडेल सहित
थानपती निमावीका विद्यार्थी ,अभिभावक ,शुभेच्छुक ब्याक्तिहरु खुसी हुँदै शाइन रेसुङ्गा डेभलपमेन्ट बैकलाई धन्यवाद दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता