निवर्तमान सभापति पाण्डेयको जिल्ला सह-सचिवमा उम्मेदवार



गुल्मी, ११ मंसिर ।

नेपाली काङ्ग्रेस रेसुङ्गा नगरपालिकाका निबर्तमान सभापति छविलाल पाण्डेयले काङ्ग्रेस गुल्मीको सह-सचिव पदमा उम्मेदवारी दिएका छन् । रेसुङ्गा नगरपालिका ०९ निवासी पाण्डेले शनिबार हुने काङ्ग्रेसको मतदानका लागि जिल्ला सह-सचिव पदमा उम्मेदवारी दिएका हुन् । उपल्लो तम्घास माध्यमिक विध्यालयमा पढ्दा नै नेपाल विध्यार्थी संघमा आवद्ध पाण्डे ०४९ सालमा महेन्द्र माविमा नेविसंघको इकाइ सदस्य भएका थिए । ०५३ सालमा रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु सदस्यमा विजयी भएका पाण्डे ०५४ मा नेविसंघ तम्घास गाउँसमितिको सदस्य भए । त्यस्तै ०६२र६३ मा नेविसंघकै जिल्ला सदस्य र त्यसपछि नेपाल तरूण दलको गुल्मीको सचिव भएका थिए । त्यसपछि पार्टीको तम्घास गाउँ समितिको सचिव भएका पाण्डे ०७२ मा काङ्ग्रेसको नगर सभापति भएका थिए ।

अहिले चलिरहेको काङ्ग्रेसको १४ औँ महाधिवेशनअन्तरगत सर्वसम्मतिले नेतृत्व हस्तान्तरण गर्दै उनी जिल्लाको सह(सचिवका आकांक्षी बनेका हुन् । आफू पूर्णकालिन रूपमा पार्टी, संगठन र आम गुल्मेली नागरिकहरूको हक हितको लागि लागिपरेको भन्दै उनले शनिबार हुने निर्वाचनमा सबै मतदाताहरूबाट सहयोगको अपेक्षा गरेको बताए । सह-सचिव भइसकेपछि प्रत्येक टोलबस्तीसम्म एक घर एक काङ्ग्रेसको सदस्य बनाउने अभियान सुरू गर्ने, अहिले समेटिन नसकेका दलित, अल्पसंख्यक एवम् विपन्न नागरिकहरूको आर्थिक उन्नति एवम् मुक्तिको लागि लागिपर्ने उनले बताए ।

आफू नगरसभापति हुँदा अन्यायका बिरूद्व, सरकारी कार्यालयमा हुने अनियमितता एवम् ढिलासुस्तीका बिरूद्व शशक्त रूपमा आवाज उठाएकोले सबैको मन जितेर सह-सचिवमा विजयी हुने अपेक्षा गरेको पाण्डेको भनाई छ । अब अग्रजलाइ सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका साथ आफुलाई सह(सचिव पदमा विजयी गराउन उनले सबै मतदातालाई आग्रह समेत गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता