लैंगिक समानता तथा समावेशीकरणमा मालिका गाउँपालिकाको ७२ दशमलव ५ अंक



माघ -९ गुल्मी ।

मालिका गाउँपालिकाले लैंगिक समानता तथा सामाजिक समावेशिकरण परिक्षणमा ७२ दशमलव ५ अंक प्राप्त गरेको छ ।
आइतबार गाउँपालिकाको सभाहलमा लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानले गरेको सर्वक्षणमा गाउँपालिकाले ७२ दशमलव ५ अंक प्राप्त गरेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।
डाक्टर गिता भट्टराई नेतृत्वको टोलीले गाउँपालिकाले गएको आर्थिक वर्ष २०७७/०७८ मा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको निम्ति गरेका कार्यहरुको मुल्यांकन सङै परिक्षण गरेको थियो ।
काम नगरेको अबस्थामा ० अंक, काम अगाडी बढाएको तर पुरा नभएको खण्डमा ०.५ अंक र काम पुरा गरेको अबस्थामा १ अंक दिने गरी प्रदेश प्रशिक्षण प्रतिष्ठानले गाउँपालिकालाई एक सय वटा प्रश्न सोधेको र गाउँपालिकाले ७२ दशमलव ५ अङ प्राप्त गर्न सफल भएको डाक्टर गिता भट्टराईले बताईन ।
ग्रामीण क्षेत्रको स्थानीय तहले ७२ दशमलव ५ अंक प्राप्त गर्नु उपलब्धिमुलक भएको उनको तर्क थियो ।

गाउँपालिकाले यो वर्ष लैंगिक हिंसा अन्त्य तथा समावेशीकरणको लागी सडक नाटक देखी सचेतनाका सम्म कार्यक्रम गरेको थियो । ऎन निर्माण गरेर काम गर्ने र छुट्टै कार्यकक्ष बाट सेवा प्रदान गर्न प्रदेश परिक्षण प्रतिष्ठानले मालिका गाउँपालिकालाई सुझाव समेत दिएको छ ।

भने गाउँपालिकाले प्राप्त सुझावहरु कार्यान्वयन गर्नको लागी गाउँपालिका अध्यक्ष रित बहादुर थापाको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ ।जसको सदस्यमा उपाध्यक्ष देवा अर्याल , प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारी , गाउँपालिकाका प्रवक्ता शोभाखर गिरी, स्थानीय राधिका अर्याल ,शेर बहादुर केसी र गाउँपालिकाको प्रशासन शाखाका कर्मचारी मधु घर्ती सदस्य सचिब रहने गरी समिति निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता