रम्तेलको स्मृति दिवसमा अनेरास्ववियु गुल्मीले गर्यो शैक्षिक सामाग्री वितरण



मधुसुधन पाण्डे गुल्मी, फागुन १४।

जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेलको २५ औ स्मृति दिवसको अवसरमा गुल्मीका बिभिन्न माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ ।नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन अनेरास्ववियू गुल्मीले शैक्षिक सामाग्री बितरण गरेको हो ।
धुर्कोट गांउपालीका वडा नम्बर ४ को पान्चायन माध्यमिक बिद्यालय ,इस्मा गउपालीका वडा नम्बर २ मा रहेको पालुखा माध्यमिक विद्यालय र रुरुक्षेत्र गांउपालीका ४ र ५ को जनबोध माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री बितरण गरिएको हो ।


धुर्कोट गांउपालीका वडा नम्बर ४ को पान्चायन माध्यमिक विद्यालयमा भएको कार्यक्रममा जिल्ला कमिटि सचिवालय सदस्य राजन केसिको अध्यक्षता,अनेरास्ववियू केन्द्रिय सदस्य घनश्याम खरेलको प्रमुख आथित्यता ,नेपाल कम्युनिष्ट पार्टी नेकपाका धुर्कोट गांउकमिटि अध्यक्ष गोपाल कुवरको बिशिष्ट आथित्यता रहेको थियो ।कार्यक्रममा पान्चायन माविका प्रधानाध्यापक कृष्ण चन्द्र पन्थी, शिक्षक महासंघ धुर्कोटका अध्यक्ष रिषिराम पाण्डे, शिक्षक महासंघ केन्द्रीय परिषद प्रतिनिधि सदस्य मेघराज खनाल, अनेरास्ववियू जिल्ला कमिटि सदस्य राजु कुवर , अनेरास्ववियू धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस बस्तुका अध्यक्ष इन्द्र पोख्रेल लगायतको आथित्यता रहेको थियो ।पान्चायन माबि अनेरास्ववियू मुल इकाई कमिटिका अध्यक्ष मनिष घर्तिमगर को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन गुल्मीका जिल्ला सचिवालय सदस्य रमेश पाण्डेले गर्नुभएको थियो ।पान्चायन माविका गरिब तथा जेहेनदार १५ जना बिद्यार्थिहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको छ ।

त्यस्तै जनबोध माध्यमिक बिद्यालय रानीवासमा १० जना बिद्यार्थिहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको छ ।कार्यक्रममा अनेरास्ववियू जिल्ला सहसंयोजक भरत चन्दको अध्यक्षता, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिवालय सदस्य तथा रुरु गा
.उकमिटि सचिव नारायण पौडेलको प्रमुख आथित्यता, रुरु क्षेत्र गाउपालीका वडानम्बर ५ का वडाध्यक्ष तथा जनबोध मावि व्यवस्थापन समिति अध्यक्ष हरि ज्ञवालीको बिशिष्ट आथित्यता रहेको थियो । जनबोध माबिका प्रधानाध्यापक राम प्रसाद श्रेष्ठ, नेकपा जिल्ला सदस्य तारा बहादुर राना,नेकपाका नेता बिरबल पुरी लगायतको आथित्यता रहेको थियो ।
अनेरास्ववियू जिल्ला सचिवालय सदस्य किसन पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन अनेरास्ववियू बिद्यार्थि नेता सुमन ज्ञवालीले गर्नुभएको थियो ।

यस्तै इस्मा गाउपालीका वडा नम्बर २ को पालुखा माध्यमिक बिद्यालयमा पनि २९ जना बिद्यार्थिहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको छ ईस्मा गा।पा वडा नं। २ हस्तिचौर गुल्मीमा रहेको श्री पालुखा मा। वि मा अनेरास्ववियू जिल्ला संयोजक क। राजेन्द्र बिक्रम कुबँर को अध्यक्षता र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० जिल्ला सचिवालय सदस्य तथा ईस्मा गापा वडा नं। २ का वडा अध्यक्ष टीका रेस्मीको प्रमुख आतिथ्यता, सोहि विद्यालयका विद्यालय ब्यबस्थापन समिति अध्यक्ष टामलाल के. सी, अनेरास्ववियू केन्द्रीय कमिटि सदस्य काशीराम पाण्डे, अनेरास्ववियू जिल्ला सचिवालय सदस्य श्रीराम महत, नवीन अर्याल र अनेरास्ववियू जिल्ला सदस्य अशोक नेपालीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता