गुल्मीमा असार ७ गतेसम्म निषेधाज्ञा थपियो :अब के खुल्ने के नखुल्ने हेर्नुहोस्



गोकर्ण पाण्डे- जेठ ३१ गुल्मी।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि असार ७ गते राती १२ बजे सम्म लम्बाउने निर्णय गरेको छ। समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले जनाएको छ।

जिल्लामा केहि लचिलो बन्दै निषेधाज्ञाको समयमा परिर्वतन गरिएको छ।अत्यावश्यक पेट्रोलियम पदार्थ,दूध डेरि, तरकारी, फलफूल, माछा,मासु, निर्माण सामाग्री पसल ,स्टेसनरि हरेक दिन बिहान ७ बजेदेखि ११बजे सम्म मात्र खुल्न पाइने छ। जिल्ला भित्र निर्माण सामाग्री बोक्ने जिप,टिपर,ट्याक्टर र पुस्तक तथा कृषि जन्य पदार्थ सुरक्षा सामधानी अपनाएर चल्न पाउने भएका छन्। त्यस्तै बैक तथा सहकारी सस्था बिमा कम्पनी बिहान ७ बजेदेखि ११ बजे सम्म मात्र खुल्न पाइने भएको छ।

जिल्ला बाहिरबाट निर्माण,पुस्तक,कृषि जन्य पदार्थ तथा खाध्यान्न ढुवानी गर्दा सम्बन्धित जिल्लाका नियम प्रबन्ध मिलाएर सञ्चालन गर्ने ।यस्तै अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु संचालन हुनेछन् । सार्वजनिक यातायात र अन्य पसलहरु भने बन्द नै रहने भएको छ ।

निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।

यस अघि थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजे सकिदै छ।हाल गुल्मीमा कोरोना सकृय संक्रमितको संख्या ५०२ पुगेको छ।भने दोस्रो कोरोना लहर का कारण गुल्मीमा ८९ जना ले ज्यान गुमाएका छन्।
जिल्लामा हालसम्म दुई हजार ३८४ जना संक्रमित निको भएको कार्यालयले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता