मालिका -२ दर्लिङका दुई सय ८ जना सम्मानित

असार १६ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका २ दर्लिङका विभिन्न क्षेत्रका दुई सय आठ जना ब्याक्ती सम्मानित भएका छन् ।
आफ्नो क्षेत्रमा उच्च कर्म गरेका विभिन्न क्षेत्रका दुई सय आठ जनालाई सम्मान गरिएको वडा अध्यक्ष बिनोद श्रीसले जानकारी दिए । जहाँ ५४ शिक्षक,२५ जना अभिभावक ,८६ जना विद्यार्थी ,१२ जना खेलाडी ,२ जना कार्यालय सहयोगी र ३१ जना एसईईमा नतिजा ल्याएका विद्यार्थीलाई सम्मान गरिएको हो ।
उनिहरुलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
समाजमा राम्रो कर्म गरेको हुँदा प्रोत्साहन स्वरुप सम्मान गरिएको वडा सचीव खिम बहादुर घर्तीले बताए । सानो सम्मानले भविस्यमा थप उर्जा मिल्ने विश्वास वडाले लिएको वडा सदस्य चुणामणी काउछाले बताए । छ । साथै सम्मानित भएका ब्याक्ती पनि वडाको कार्य प्रती खुसी भएका छन । संमानले थप प्रेरणा मिलेको उनिहरुको भनाई छ । सोही अवसरमा दर्लिङका स्थानीय समाजसेवी शिक्षाप्रेमी ब्याक्तिले त्यहाका गरिब ,जेहेन्दार विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री ,पोसाक प्रदान गरेका छन । सम्मान कार्यक्रम उदाहरणीय र अनुकरणीय रहेको कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पालिका उपाध्यक्ष उपेन्द्र अर्यालको भनाई छ । साथै सम्मानित भएका ब्याक्तिलाई थप उर्जाशिल हुन उनले आग्रह समेत गरेका छन ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।