गुल्मीको समन्वय प्रमुखमा गठबन्धनका द्रोर्ण बहादुर खत्री !



गुल्मी, १ असार ।
जिल्ला समन्वय समिति गुल्मीको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेस दोर्ण बहादुर खत्री विजयी भएका छन् । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तम्घासमा भएको निर्वाचनमा १५ मतसहित काँग्रेसका खत्री प्रमुखमा विजयी भएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए ।

कुल २४ मत रहेको गुल्मीमा गठबन्धनका १५ र एमालेका ९ मतदाता रहेका थिए । जसमा प्रमुखका लागि एमालेका उम्मेदवार युवराज न्यौपानेले ९ मत ल्याएका थिए ।

त्यस्तै जिल्ला समन्वय समिति गुल्मीको उपप्रमुखमा गठबन्धनबाट माओवादीका तेजेन्द्र सलामी पनि १५ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका रमादेवी पुनले ९ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै सदस्यमा गठबन्धनका महेश्वर भण्डारी १४, शेर बहादु विक १५, सुनिता जिसी कुँवर १५, शेर बहादुर कुँवर १५, सावित्रा भण्डारी१५, वीर बहादुर कार्की१५ र नरमाया राना १५ मतसहित विजयी भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी एमालेका पिताम्बर अर्याल ९, कृष्ण प्रसाद भण्डारी १०, ज्ञानप्रसाद श्रेष्ठ ९, सागर नेपाली ९, ममता सुनार आत्रेय ९, कल्पना अधिकारी ९ र विमला पन्थीले ९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता