मालिका गाउँपालिकाद्धारा सडक अनुगमन



गुल्मी,२१ असोज
गुल्मीको मालीका गाउपालीकाको फुलबारी चोरकाटे अर्जै बोम नेटा सडक आयोजना अन्तर्गत फुलबारी चोरकाटे खण्डमा स्तरोन्नति कामको आज अनुगमन गरिएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरि, गाउपालीकाका इन्जिनियर बिनोद पाण्डे,कार्यपालीका सदस्य शेर बहादुर नेपाली लगायतको टोलीले उक्त सडकको अनुगमन गरेको हो ।
गत वर्षको माघ महिनाबाट स्तरोन्नतीको काम सुरु भएको थियो । गाउँपालिकाले १ करोड बजेट छुट्याएर रन्जीत रन्जन कन्स्ट्रक्सन तम्घास र जोग्मा कन्स्ट्रक्सनलाई निर्माणको लागि जिम्मा दिएको थियो ।

अहिले ९५ प्रतिशत काम सकिएको वडा अध्यक्ष गिरिले जानकारी दिनुभयो । अनुगमनपछि गुणस्तरिय काम गरि समयमा काम सक्न निर्देशन दिइएको उहाले बताउनुभएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता