बाेलबमधाममा शिवजीलाई जल अर्पण गर्न श्रद्धालुको घुइँचो



रिया बस्नेत बुटवल

रुपन्देहीको सैनामैना–१ स्थित श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधाममा प्रत्येक वर्ष गुुरुपूर्णिमादेखि ऋषितर्पणीसम्म लाग्ने मेला अाज बाट समपन्न भएकाे छ । उक्त मेलामा २ सय ५० भन्दा बढि साना तथा ठूला व्यवसायीले करिब तीन करोड बराबरकाे पूजा सामग्रीको कारोबार गर्दै आएकाे बताए।

श्रबण महिना भरि चलेकाे उक्त मेलामा भारत र छिमेकि जिल्लाहरु गुल्मि ,पाल्पा प्यूठान,दाङ्ग,काठमाण्डौं,अर्घखाँची,नवलपरासी लगाएतका विभिन्न जिल्लाहरुबाट धर्मालम्बिहरु तथा व्यबसायिहरु अाउने गर्दछन। । यस वर्षपनि ति जिल्लाहरुबाट अधिक मात्रामा व्यापारीहरुले व्यापार गरिरहेका छन विशेषगरी फुुल,प्रसाद,मालाको कारोबार हुने धार्मिक मेलामा बेलपत्र,नरिवल,केरा, अम्बा,मिठाइँ , लगायत सजावट र खेलौना समाग्रीहरुको बिक्री बढी हुने गर्दछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

श्रावणी मेला एक महिनासम्म चलेपनि विशेषगरी साउन महिनकाे प्रत्येक साेमबार व्रत बस्ने र भगवान शिवजिकाे पुजा अारधानकाे लागि श्रद्धालु भक्तजनहरुकाे निकै भिड लाग्ने हुदा अरु दिनकाे तुलनामा साेमबार निकै राम्राे व्यापार भएकाे व्यवसायिहरु बताउछन ।तेस्तै अाज श्रबाण महिनाकाे अन्तिम साेमबार पनि श्रद्धालु भक्तजनहरुकाे पनि उतिकै घुईचाे लागेकाे थियाे पुजा अारधानकाे लागि भक्तजनहरु बिहान ४ बजे देखि लाईनमा बस्दा गर्मिकाे कारण निकै कठिनाई भएकाे बताउछन । यस दिन साना व्यवसायीले २० हजार र ठूूला व्यवसायीले एक लाखसम्म वा एकलाख भन्दा बढीको कारोबार गर्दछन्। यस वर्ष शुुक्र अन्ध परेको र यस समयमा पूूजा–आजा गर्दा पुुण्य प्राप्ति नहुने धर्मिक मान्यताकाे कारण बिगतका बर्षहरुमा जस्ताे भिडभाड र व्यापार नभएकाे व्यवसायिहरु बताउँछन।

धाममा श्रावणमा विशेषगरी नरिवल,बेलपत्र, फुल माला र प्रसादको बिक्री बढी हुन्छ । यस्ता सामग्रीमाबढि मुनाफा हने व्यापारिहरु बताउछन । व्यवसायिहरुलाई व्यापारकाे लागि स्थान हेरेर न्यूनतम ५००देखि रु १००० सम्म भाडा लिने गरेको बजार व्वस्थापन समितिका सहसंयोजक डुल बहादुर थारुले बताए ।यसि उठेकाे रकमबाट जग्गाधनीलाई ४० प्रतिशत र धामलाई ६० प्रतिशत प्रदान गरिने उनले बताए ।

धार्मिक आस्थाको केन्द्रबिन्दु बन्दै गएको नेपालको एकमात्र स्वयम् उत्पत्तिमान बोलबम धामको उचित प्रर्बर्दन र बिकास सगै प्रचार–प्रसार गर्न सके श्रावणी एक महिनामा मात्र नभई निरन्तर श्रद्धालु भक्तजनको आवत–जावत हुनुका साथै स्वरोजगार अर्थतन्त्रमा पनि टेवा पुुग्नेछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता