बागलुङमा महिला मृत फेला



साउन ३१

बगलुङको  जैमिनी नगरपालिका–२ डाडी बस्ने ३५ वर्षीया देवी ढकाल मृत फेला परेकी छन । नगरपालिका–४ स्थायी घर भई हाल डाँडाखेत भन्ने स्थानमा बस्दै आएकी ढकाल आफू बसेको घर नजिकैको सडकको नालीमा घोप्टो अवस्थामा उनको शव फेला परेको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
श्रीमान रोजगारीका लागि विदेश रहेका मृतक ढकालको एक छोरा पोखरामा बस्दै आएको र एक छोरी पनि केही दिनदेखि आफन्तकोमा रहेको प्रहरीले जानकारी दिएको छ । मानसिक रूपमा कमजोर ढकाल धारोमा नुहाउन जाने क्रममा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरेको प्रहरीले अनुसन्धानपछि मात्र वास्तविकता थाहा हुने जनाएको छ ।
धरातल अन्लाईनबाट

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता