बकर इदको अवसरमा प्रदेश नं ५ मा भोली सार्वजनिक बिदा

रिया बस्नेत बुटवल ।
बकर इदको अवसरमा प्रदेश नं ५ मा भोली सोमबार सार्वजनिक बिदा हुने भएको छ ।
बकर इदको अवसरमा प्रदेश नं ५ मा भोली सोमबार सार्वजनिक बिदा हुने भएको छ ।

प्रदेश सरकारको यो निर्णय नयाँ नभएर गत वर्षकै निर्णय हो । संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदमा एक दिन,माघी र माघे संक्रान्तिमा दुई दिन,प्रदेश स्थापना दिवस फागुन ३ गते एक दिन, स्थानीय तहको निर्णयबाट एक दिन र निश्चित समुदायले पाउने बिदा जस्तै भुमया पूजा,वडका अटवारी पर्व, रमजान लगायतका बिदा स्विकृत गरेको हो । बिदा सम्बन्धी निर्णय बैशाख १२ गतेको प्रदेश राजपत्रमा प्रकाशित छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।