धुर्कोट कसरी खरका छाना मुक्त घर गाउँपालिका घोषणा गर्ने सफल भयो त ?अध्यक्ष पोख्रेलसंगको (अन्तरर्वार्ता )



साउन १ गुल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिका खरका छाना मुक्त घर गाउँपालिका घोषणा भएको छ । खरका छाना मुक्त घर गाउँपालिका घोषणा हुनेमा धुर्कोट गाउँपालिका जिल्लामै पहिलो हो ।
साथै खरका छाना मुक्त घर गाउँपालिका घोषणा भए संगै धुर्कोट गाउँपालिकाले आफ्नो चुनावी बाचा समेत पुरा गरेको छ । धुर्कोट गाउँपालिकाले निवार्चनको समयमा आफुहरुले चुनाव जिते खरका छाना मुक्त घर गाउँपालिका घोषणा गर्ने नागरीक समक्ष प्रतिबद्धता जाहेर गरेको थियो । यसै सन्र्दभमा रहेर गुल्मी अपडेटकर्मी डिबि खड्काले धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल संग कुराकानी गर्नु भएको छ

प्रश्न:कार्यक्रममा स्वागत छ ।
उत्तर ः धन्यवाद ।

प्रश्न ः खरका छाना मुक्त घर गाउँपालिका घोषणा गर्नु पर्छ भन्ने सोच सुरुमा कसरी आयो नी र ?
उत्तर ः निवार्चनको समयमा भोट माग्न जनताको घरदैलोमा जाँदा विपन्नताका कारणले गर्दा खरले छाएका र खरले छाएका घरहरुमा बसाई व्यवस्थापन, बच्चाहरुले पढ्ने कुरा, वर्षादको समयमा पानी चुहिने कुरा गर्मीको समयमा आगलागीको डर र आर्थीक अवस्थाले गर्दा अरु पारिवारीक र सामाजिक रुपमा पनि खरको छाना भित्र बस्दा मनोवैज्ञानीक रुपमा मान्छेहरुले अली चाँही आफुलाई विपन्नता भए जस्तो महसुस गरेको हामीले पायौं । त्यस पछि निवार्चनको बेला यो कार्यक्रम राख्नु पर्छ , सरकारको सहयोगमा सुरक्षित आवास भित्र राख्नु पर्छ भन्ने सोचौं र घोषणा पत्रमा पनि राख्यौं ।
हामीले जनताको बिचमा हामीलाई मत दिनुहोस खरका छानामा जस्ता पाता लगाउछौं भनेर मत माग्यौं । उहाँहरुले पनि मत दिनु भयो । हामी विजयी पनि भयौं , हामीले पहिलो निर्णय गयौं र आज आएर हामी चार वर्षको अवधिमा सफल भयौं र धुर्कोट गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका घोषणा गर्यौं । यो धुर्कोटको लागी खुसीको कुरा हो । जसले विपन्न परिवारको लागी सरकार छ , स्थानीय सरकार छ, जो जनता प्रति जिम्मेवार छ , जफावदेही काम गर्छ भन्ने कुरा आजको यस घोषणाले पनि प्रमाणित गर्दछ ।

प्रश्न ः चार वर्षको अवधिमा कसरी सफल हुनु भयो नी ?
उत्तरः हामीले खास गरेर योजना सफल पार्नको लागी जनप्रतिनिधिको दृण इच्छा शक्ती, राजनितिक रुपमा एकबद्ध भएर, छलफल गर्ने बहस गर्ने र एक ढिक्का भएर विकासमा लाग्ने, त्यसै गरी प्रशासनिक कर्मचारी परिचालनमा पनि हामीले विधि प्रक्रिया अनुसारनै कार्यक्रम अगाडी बढयौं सबैको सहयोग साथ भयो र नागरीकको तर्फ बाट पनि सहयोग मिल्यो जसले गर्दा आज हामीले यो सफलता हात पायौं ।

प्रश्न ः यस योजनालाई दीर्घकालीन रुपमा टिकाई राख्ने कस्ता छनन्ी तपाई संग योजना ?
उत्तरः हामीले अहिले घोषणा सम्मको लागी कार्यविधि बनाएर जस्तापाता वितरण गरेर घर छाउने काम गरौं । अब घोषाणा जसरी गयौं , घोषणा पछिको अवस्था भनेको विभिन्न विपदहरुमा अथवा अरु कुनै कारणले घरमा चाँही पैसा अभावका कारण , विभिन्न दीर्घरोगका कारण मानिस विपन्न हुन सक्दछ । त्यो अवस्थामा फेरी घरको समस्या छ भने त्यस्तो घरहरुमा दिगो रुपमा सुरक्षीत आवास निमार्णको लागी कार्यविधि सशंोधन गछौं । बजेट विनियोजन गरेर त्यस्ता घरपरिवारलाई निरंतर गाउँपालिकाले सहयोग गर्ने कुरा विश्वासका साथ हामी अगाढी बढ्छौं ।

(हेर्नुहोस भिडियो)

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता