गुल्मी टेलिभिजनद्धारा अपाङ्ग बालकलाई ४० हजार सहयोग हस्तान्तरण ।।



कौरव खत्री गुल्मी १३ मंसिर ।।

गुल्मी टेलिभिजनद्धारा एक अपाङ्ग बालकलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । बडिगाड गाँउपालिका वडा नं. ७ गाव निवासी १४ बर्षीय अपाङ्ग रमेश परियारलाई नगद रकम रु. ४० हजार हस्तान्तरण गरिएको हो ।

हाल इजरायलमा रहेका इन्दु लाउदीको सक्रियतामा इस्मुल सिङगिङ ओपन गु्रपद्धारा पठाएको आर्थिक सहयोग नगद रकम अपाङ्ग बालक रमेश परियारलाई बिहिवार एक कार्यक्रमको बीच बडिगाड गाँउपालिका वडा नं. ७ का वडाअध्यक्ष कृष्ण गुरुङ्ग र गुल्मी टेलिभिजनद्धारा बडिगाड गाँउपालिका वडा नं. ७ गाव निवासी १४ बर्षीय अपाङ्ग रमेश परियारका बुवा नन्द बहादुर दमाइ र आमा नरकुमारी दमाईलाई नगद रकम ४० हजार हस्तान्तरण गरिएको थियो ।

केही दिन अगाडी बडिगाड गाँउपालिका वडा नं. ७ गाव निवासी १४ बर्षीय अपाङ्ग रमेश परियार पिडा र समस्यालाई गुल्मी टेलिभिजनको लोकप्रिय कार्यक्रम संर्घषका कथा युटुव मार्फत प्रशारण गरिदिएर उकक्त अपाङ्ग रमेश परियारको स्वास्थ्य उपचारका लागि यो सहयोग जुटेको हो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बडिगाड गाँउपालिका वडा नं. ७ का वडाअध्यक्ष कृष्ण गुरुङ्गले दुखी,गरिव एवं अशक्त र असाय व्यक्तिहरुको लागि गुल्मी टेलिभिजनको लोकप्रिय संर्घषका कथा कार्यक्रमले निकै सहयोग पु¥याएको बताए ।

 

साथै वडाअध्यक्ष गुरुङ्गले पछिल्लो समयमा ग्रामिण क्षेत्रका गाँउटोल र बस्ती बस्ती पुगेर दुखी,गरिव अशक्त र असाय व्यक्तिहरुको पिडा र समस्यालाई संर्घषका कथा कार्यक्रमलाई युटुव मार्फत सबैका माझ पु¥याएर सहयोग गरिनुले सिङ्गो गुल्मी टेलिभिजन र संर्घषका कथा कार्यक्रम प्रभावकारी बन्दै गएको बताए ।

त्यस्तै उनले भने नगद रकमलाई परिवारजनले बच्चाको उपचारमा केहि सहयोग पुग्ने भन्दै आर्थिक सहयोगीहरु एवं सिङ्गो गुल्मी टेलिभिजन एवं संर्घषका कथाका कार्यक्रम सञ्चालक र सञ्चारकर्मी सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा गुल्मी टेलिभिजनका समाचार प्रमुख डिवि खड्का,समाचार सहायक सुमन पन्थी, लगायत समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रम खड्कजयन्ती आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमराज चालिसेको अध्यक्षता तथा बडिगाड गाँउपालिका वडा नं. ७ का वडाअध्यक्ष कृष्ण गुरुङ्गको प्रमुख आतिथ्यता र गुल्मी टेलिभिजनका प्रमुख दिपक नेपालीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने पत्रकार कौरव खत्रीले गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता