गुल्मी चेम्बरद्धारा जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान



हुमाकान्त पोखरेल, गुल्मी
२७ असोज ।

गुल्मी चेम्बर अफ कमर्सले जिल्ला अस्पताल, तम्घासलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । चेम्बर दिवस तथा नेपाल चेम्बर अफ कमर्सको ७० औं बर्ष प्रवेशको अवसरमा जिल्ला अस्पताल तम्घासलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो । माक्स सात सय ओटा, सेनिटाइजर पाचँ लिटर, हात धुने साबुन एक प्याक अर्थात ७२ ओटा प्रदान गरिएको छ । हार्पिक र पोचा १०÷१० ओटा, एडविन ६ थान, डस्विन १० थान, बाल्टिन र मख चार÷चार थान, ब्रस ६ थान, पम्प ५ ओटा तथा ग्लोब्स् एक सय ओटा प्रदान गरिएको चेम्बर अफ कमर्सका महासचिव कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।

तम्घास अस्पतालका प्रमुख डाक्टर उक्तम पाच्याले कोभिड १९ को महामारी बढिरहेको समयमा त्यसलाई न्यूनिकरणको लागि आवश्यक सामग्री दिएकोमा संस्थालाई धन्यवाद् दिए । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सामग्री प्रदान गरेकोमा धन्यवाद् दिदैँ यस बर्ष कुनै पनि भिडभाडका कार्यक्रममा रोक लगाइएकोले त्यसमा सहयोग गर्न सबैलाई आग्रह गरे । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले स्थापना कालको छोटो समयमै गुल्मी चेम्बरले सामाजिक क्षेत्रमा देखाएको सक्रियताको प्रशसां गरेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, चेम्बरका विभिन्न पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता