गुल्मीमा पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु !



गोकर्ण पाण्डे जेठ २२ गुल्मी।

गुल्मीमा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पीसीआर विधिबाट परिक्षण गर्दा ४५ र एन्टिजेन विधिबाट परिक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

जिल्लाको मुसिकोट नगरपालिकामा २५ जना, कालीगण्डकी गाउँपालिकामा ४६ जना,गुल्मीदरबार गाउँपालिकामा एघार जना,मालिका गाउँपालिका तीन जना, धुर्कोट गाउँपालिकामा तीन जना,रेसुङा नगरपालिकामा तीन जना,रुरुक्षेत्र गाउँपालिकामा दुई जना,चन्द्रकोट गाउँपालिकामा दुई जना, छत्रकोट गाउँपालिकामा दुई जना,सत्यवती गाउँपालिकामा एक जना गरि ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ५ सय ८६ पुगेको छ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ९६ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल एक हजार नौ सय २० जनाले कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।

गुल्मीमा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ। सत्यवति गाउँपालिका वडा नम्बर ४ का ७० वर्षिया महिलाको मृत्यु भएको छ ।यो सँगै दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८४ पुगेको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता