गुल्मीमा एक पुरुष मृत फेला, गोली हानिएको हुनसक्ने शंका !



माघ ३ ।
गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको रेसुङा नगरपालिका – १४ रातमाटाका अन्दाजी ४५ वर्षीय तुल बहादुर विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आज बिहान करिब ११ बजे तिर घर बाट घाँस काट्न हिँडेका विक अबेर सम्म घर नफर्केपछि प्रहरी र स्थानीयले खोज्ने क्रममा रहस्यमय अवस्थामा मृत फेला परेका हुन । मृतक विकलाई गोली हानिएको हुनसक्ने अनुमान गरिएको छ । मृतक भेटिएको खबर सुन्न साथ जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली घटना स्थल पुगेको थियो । घटना रहस्यमय देखिए पछि पुनः प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटना स्थल तर्फ प्रस्थान गरेको छ । कसैले जानी जानी गोली नहाने पनि वन्यजन्तु तथा कालिजलाई गोली हान्न खोज्दा विकलाई लागेको हुन सक्ने स्थानीयको अनुमान रहेको छ । घटना बारे पुरा विवरण आउन बाकी रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता