खाजा खर्च जोगाएर सत्यवतीका पहिरो पीडित लाई रिर्डस स्कुल द्वारा आर्थिक सहयोग

डि.बि खड्का गुल्मी
अविरल वर्षाका कारण मानवीय सङै ठूलो मात्रमा भौतिक क्षेती व्यहोरेको सत्यवती गाउँ पालिका लाई यति बेला चारै तिर बाट सहयोग जुट्दै गएको छ ।

विभिन्न संघ सस्था, स्थानीय तह ले आर्थिक तथा राहत सामाग्री सहयोग गर्दै आएका छन । पछिल्लो समय गुल्मीको रेसुङ्गा नगर पालिका वडा नम्बर आठ स्थित रिर्डस पब्लिक हाई स्कुलले पनि आर्थिक सहयोग प्रदान गरेको छ । विद्यालयका शिक्षक,कमर्चारी र विधार्थीबाट १५ हजार र विधालयको १० हजार गरि कुल २५ हजार रकम प्रदान गरिएको विद्यालयका प्रधानध्यापक श्रीप्रसाद भलामीले जानकारी दिएका छन । सम्पुर्ण शिक्षक , कर्मचारी तथा विधार्थी हरुले एकदिन बराबरको खाज खर्च जोगाएर पहिरो पीडितहरु सहयोग गरेको विद्यालयका प्रशासकीय संयोजक पुस्कर खड्काले बताएका छन् । पीडितहरुलाई राहत स्वरूप थोरै रकम भएनी उपलब्ध गराएको विद्यालय स्रोतको भनाई रहेको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।