गुल्मीमा पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु !



गोकर्ण पाण्डे- जेठ १९ गुल्मी।
गुल्मीमा आज बुधवार थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा ७९ जना संक्रमित देखिएका छन्। जिल्लाको रेसुङा नगरपालिकामा ३० जना, मुसिकोट नगरपालिकामा १५ जना, मदाने गाउँपालिकामा एक जना, सत्यवती गाउँपालिकामा दुई जना, रुरुक्षेत्र गाउँपालिकामा सात जना, धुर्कोट गाउँपालिकामा नौ जना, चन्द्रकोट गाउँपालिकामा तीन जना, छत्रकोट गाउँपालिकामा चार जना, इस्मा गाउँपालिकामा दुई जना र गुल्मीदरबार गाउँपालिकामा छ जना गरी ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ६ सय १३ पुगेको छ।

त्यस्तै,गुल्मीमा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ। रेसुङा नगरपालिका वडा नम्बर १४ का ५५ वर्षिय पुरुषको मृत्यु भएको छ ।यो सँगै दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७२ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल एक हजार ६ सय ९७ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता