इस्मामा चट्याङ लागेर ९ जना घाइते !



असोज -१३ गुल्मी ।

गुल्मीमा चट्याङ लागेर ९ जना घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर ३ स्थित तोरीपाटामा चट्याङ लागेर ९ जना घाइते भएका हुन।
आज साँझ ६ बजे चट्याङ पर्दा घरमै बसेकाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

घाइतेमध्ये ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र ३ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल तम्घासमा ल्याइँदै गरिएको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता