आमा गुमाएकी अंशुलाई सिटिजन लाइफ द्धारा साढे ५ लाख !



०४ मंसिर २०७६, मंगलवार

सिटिजन लाइफ ईन्स्योरेन्स क।लि। ले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित अँशु विश्वकर्माका आमा ९प्रस्तावक० पुष्पा कुमारी शर्मा बढईको मृत्यु बापत ५ लाख ५० हजार हस्तान्तरण गरेको हो । कम्पनीको भैरहवा शाखा मार्पmत गत बैशाख ३० गते ५ लाखको बिमा गरेका विश्वकर्मा परिवारको निवास रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ४, कचरिहवा पुगेर एक कार्यक्रमको बीच कम्पनीले मृतकको परिवारजनलाई उक्त मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।

मृतक बढईका श्रीमान दिगविजय विश्वकर्मालाई कम्पनीका भैरहवा शाखा प्रबन्धक नरेश सिग्देल र सिद्धार्थनगर न। पा। वडा नं ४ का वडा अध्यक्ष मुक्तिनाथ यादवले संयुक्त रुपमा ५ लाख ५० हजार बराबरको चेक हस्तान्तरण गरेका हुन । दावी रकमको चेक हस्तान्तरण गर्दै शाखा प्रबन्धक सिग्देलले बीमाले दुखः पर्दा साथ दिने र घटना दुर्घटना बाजा बजाएर नआउने भन्दै बीमाको महत्व तथा आवश्यकता माथि प्रकाश पारेका थिए । त्यसैगरी विगतमा भारतिय जीवन बीमा कम्पनीमा बीमा गराउँदा यहाँका जनताले दावी प्रत्रृmयामा निकै दुःख भोग्नु परेको स्मरण गराउँदै अहिले नेपाली कम्पनीहरुले इमान्दारिताका साथ बेलैमा दावी रकम भुक्तानी गर्नाले जनतालाई सहज भएको जानकारी गराउँदै वडा अध्यक्ष यादवले सिटीजनले यसरी घरैमा आएर भुक्तानी दिनु निकै सराहनिय रहेको भन्दै खुशी व्यक्त गरेका थिए । सोही कार्यक्रममा स्थानिय बुद्धिजिवीहरु कन्हैया लाल गुप्ता, श्रीराम गुप्ता, सिकन्दर अली, प्रेमलाल यादव, राम लखन सिंह, शोले यादव तथा सिटिजनको तर्पmदेखि एजेन्सी म्यानेजर पार्वती रेग्मी, सुधिर पौडेल, ग्यसुद्दीन खान पठान लगायतले बोलेका थिए ।
जीबन बीमा अभिकर्ता निलम शर्मा मार्फत विश्वकर्मा परिवारले गत वैशाखमा ५ लाखको १५ वर्षे सिटिजन बाल भविष्य योजना नामको बीमा गरेको कम्पनीले जनाएको छ । गत असोज १८ गते वर्त बसेकी मृतक बढईको सोही दिन एक्कासी ढलेर मृत्यु भएको परिवारले जनाएको छ । मृतक परिवारले प्रथम बीमा शुल्क बापतको ४० हजार ८ सय ९१ रुपैया मात्र कम्पनीलाई बुझाएका थिए । कम्पनीका अनुसार, मृतक परिवारको मानवीय क्षती ९मृत्यु० बापत ५ लाख र काजक्रिया खर्च बापत ५० हजार गरी ५ लाख ५० हजार रकम एकमुष्ठ तत्काल भुक्तानी गरेको हो । त्यती मात्र नभएर ५ वर्षिय अँशुले बीमा अवधी कायम रहुन्जेल अर्थात अभै १४। ५ वर्ष सम्म कम्पनीबाट मासिक ५ हजार रुपैयाका दरले मासिक आय लाभ पाउनेछिन्, भने अब उनको परिवारले कम्पनीलाई कुनै रकम बुझाउनु पर्ने छैन । बीमा अवधि समाप्तिमा अंशुले ५ लाख बीमाङ्क र नियमअनुसारको बोनस एकमुष्ठ पाउने कम्पनीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता