आफ्नै विद्यार्थीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका दुई शिक्षक पक्राउ !



जेठ ८ गुल्मी ।

गुल्मीमा आफ्नै नाबालिका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नमा जिल्लाको सत्यवती गाउँपालिकाको एक माद्यामिक विद्यालयका दुई जना शिक्षक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीमा जेठ ५ गते शिक्षक प्रकाश भट्टराई र निलकण्ठ बस्यालले बालिका माथी यौन दुर्व्यवहार र यौनजन्य क्रियाकलापको लागि फकाउने कार्य गरेको उजुरी परे पछि प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको बताईएको छ । शिक्षक निलकण्ठ बस्यालले २०७८ भदौ र प्रकाश भट्टराईले २०७८ पुस महिना देखि यौन दुर्व्यवहार गर्ने कार्य गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी माधव राज खरेलले बताए ।
घटना बारे थप अनुसन्धान भैइरहेको गुल्मी प्रहरीले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता