आफ्नै बुबाको हत्या गर्ने इस्माका अनिल पक्राउ



सन्तोष महतारा ,

गुल्मी २१ असोज

गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर ४ का अन्दाजी २६ वर्षीय अनिल वस्नेतले आफ्नै बुबा ६० बर्षीय बुबालाई आफ्नै घर भित्र कुटपिट गरी हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक केदार राजका अनुसार छोारा अनिललाई इस्माको हर्पुकोटबाट पक्राउ गरिएको हो ।
कुटपिटबाट घाइते भएका वस्नेतलाई उपचारका लागि पाल्पा लगिएको थियो । प्रभाष पाल्पा बाट प्रदेशिक हस्पिटल बुटवल रिफर गरिएको थियो । बुटवल लैजादै गर्दा बाटो मै बस्नेतको मृत्यु भएको थियो । निज कुटपिट गर्ने छोरा हिजो दिउँसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक केदार राज पन्तले जानकारी दिनुभयो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता