सोलुखुम्बु जिल्लाको सिडिओ र सहायक सिडिओ दुबै गुल्मेली !



साउन २५ गुल्मी ।

पछिल्लो समय गुल्मी जिल्ला निजामती कर्मचारी क्षेत्रमा अब्बल मानिएको  जिल्ला हो । सिंहदरबार देखि देशका स्थानीय तहका कुनै पनि कार्यालयमा गुल्मीका कर्मचारी प्रशस्त  देख्न र भेट्न  पाईन्छ ।
त्यस्तै नेपालको पुर्वी क्षेत्रमा पर्ने सोलुखुम्बु जिल्लाको प्रशासनिक नेतृत्व पनि गुल्मीकै कर्मचारीले गरेको पाईएको छ । त्यस जिल्लाको प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा गुल्मीकै दुई कर्मचारी रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी रुपमा गुल्मीको मदाने गाउँपालिका -४ म्यालपोखरीका ३९ वर्षीय बसन्त भट्टराई र सहायक प्रमुख जिल्ला अधिकारीमा मालिका गाउँपालिका – ८ का २९ वर्षीय  सरोज अर्याल कार्यरत  छन् ।
एउटै जिल्लाका दुई कर्मचारी फरक जिल्लामा सिडिओ र सहायक सिडिओ दुर्लभ रुपमै भेटिन्छन्  । भने गुल्मेलीको लागि गर्वको विषय पनि हो ।
२०६१ सालमा खरिदार बाट निजामती सेवामा प्रवेश गरेका भट्टराई नायब सुब्बा ,शाखा अधिकृत, २०७७ मा उपसचीव  हुँदै , २०७९ पुस सम्म गृह मन्त्रालयमा सूचना अधिकारीको रुपमा काम गरेका थिए ।
२०७९ पुस  देखि  उनले सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका छन् ।
त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले २०७६ साल बाट सरकारी सेवामा प्रवेश गरेका थिए । २०७८ मा  शाखा अधिकृत भएका अर्यालले यहीँ साउन देखि सोलुखुम्बुको सहायक प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका हुन् ।
उनिहरु दुबै जनाले आधारभूत तहको अध्ययन आफ्नै जन्मभुमि गुल्मीमा गरेका थिए ।
बसन्त भट्टराईले जिल्लाको नेतृत्व गरे संगै जिल्लामा केही फरकपन देखिएको छ । कार्यसम्पादन मुल्यांकनमा ७५ औं नम्बरमा रहेको सोलुखुम्बु तेस्रो त्रैमार्सिक सम्म आईपुग्दा १०  औं नम्बरमा आउन सफल भएको छ ।
कार्यालयलाई सूचना प्रविधि मैत्री ,राष्ट्रिय परिचयपत्र वितरण अभियान , जिल्लाभर भाडादरमा एकरुपता ल्याउने जस्ता काम गरेका छन् ।
विकास निर्माण ,सुशासन , अनुगमन लगायतका क्षेत्रमा पनि भट्टराईको विशेष चासो र चिन्तन रहेको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले बताए ।
क्षमतावान, उर्जावान ,कर्मचारीलाई  प्रोत्साहन गर्ने ,केही नयाँ र नौलो काम गरौँ भनेर सदैब चिन्तित हुने प्रमुख जिल्ला अधिकारी संग काम गर्दा पाउँदा आफू सारै खुसी भएको र उहाँ बाट आफुले पनि केही सिक्ने अवसर प्राप्त हुने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता