सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा ४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण



अनिल खत्री
२२ माघ, गुल्मी । सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले गुल्मी जिल्लामा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । संस्थाले कोभिड–१९ प्रतिकार्य कार्यक्रम (विपद्मा बाल संरक्षण) कार्यक्रम अन्तगरगत सिद्धबाबा माध्यमिक विद्यालयमा पढने ४ जना बालवालिकाहरुलाई आर्थिक सहयोग गरेको हो ।
विद्यालयमा कक्षा ६ मा पढने सन्जीता भलामी, कक्षा १० मा पढने विपना बिक, कक्षा ११ मा पढने विपना बिश्वकर्मा, कक्षा ५ मा पढने बिशाल बिकलाई जनही ५ हजारका दरले छात्रवृत्ति वितरण गरेको सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्त वास कार्यक्रम संयोजक साहित्य पोखरेलले बताए । आइतवार रेसुङ्गा नगरपालिकाको वडानम्बर–८ को कार्यालयमा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष निरञ्जन काउछा, वास कार्यक्रम संयोजक पोखरेलले विपन्न तथा जेहेन्दार विद्यार्थीले अध्ययन गर्ने सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसलाई नगर हस्तातरण गरेका थिए ।
विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेकोमा वडाअध्यक्ष काउछाले यो सहयोगले विद्यार्थीको उच्च शिक्षा अध्ययनमा ठूलो टेवा पुग्ने बताए । उनले आफनो वडामा यस्ता धेरै विद्यार्थीहरु रहेकाले निरन्तर सहयोगको खाँचो रहेको काउछाले बताए ।
विद्यार्थीको तर्फबाट छात्रवृत्ति रकम बुझदै सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति सहयोग गरेको प्रति धन्यवाद दिए । उनले यस्ता विद्यार्थीको लागि सबैक्षेत्रको सहयोगको सधै आश्यक रहेको बताए ।
विद्यार्थीका लागि वितरण गरिएको छात्रावृत्ति वापतको रकम उनिहरुको पढाइका निम्ति खर्चिने विद्यालयले जनाएको छ । कतिपय विद्यालयका यस्तै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको रकम स्वयं विद्यार्थीका अभिभावकलाई दिँदा पढाईमा भन्दा अनेत्र खर्चिने गरेकाले विद्यालयका प्रधानाध्यापकलाई रकम हस्तातरण गरिएको सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्त वास कार्यक्रम संयोजक साहित्य पोखरेलले बताए ।
विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वितरण गरिएको छात्रावृत्ति रकम विद्यार्थीका अभिभावकको रोहवरमा विद्यालयलाई हस्तातरण गरिएको पोखरेलले बताए । यूनिसेफ नेपाल सहयोग, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु र रेसुङ्गा नगरपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
नगरभित्र कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगत बालसंरक्षण, मनोसामाजिक, रुपान्तरण, पोषण र वास कार्यक्रम गर्दै आएको छ । संस्थाले बिभिन्न विद्यालयमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको छ ।
योसँगै विभिन्न कारणले मनोसामाजिक समस्यामा परेका बालबालिका महिला तथा अन्य ब्यक्तिहरुका लागि आवश्यक मनोसामाजिक परामर्स सेवा दिँदै आएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता