रेसुङ्गा नगरपालिका द्धारा पोषण तथा स्वास्थ्य सामाग्री प्रदान



पुर्ण बिश्वकर्मा-कात्तीक २४ ।

गुल्मीको रेसुङ्गा नगरपालिकाले नगरभित्र रहेका गर्भवती तथा सुत्केरी महिलाहरुलाइ पोषण तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । नगरबासीका निम्ति बिबिध कार्यक्रम संचालन गर्दै आएको रेसुङ्गा नगरपालिकाले यस पटक भने सुत्केरी तथा गर्भवती महिलाहरुको स्वास्थ्यलाइ लक्षित गर्दै “स्वस्थ आमा- स्वस्थ शिशु” कार्यक्रम संचालनमा ल्याएको हो। गर्भवती महिलालाइ पोषण सामाग्री बितरण गर्दै नगर प्रमुख डिल्ली राज भुसालले उक्त कार्यक्रमको सुभारम्भ गर्नु भयो । साथै कार्यक्रमको सुभारम्भ गर्दै नगरप्रमुख भुसालले ” गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यप्रती रेसुङ्गा नगरपालिका गम्भीर रहेको र थप कार्यक्रम गर्दै जाने बताउनु भयो ।

रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालित “स्वस्थ आमा- स्वस्थ शिशु” कार्यक्रममा एउटा पोषण झोला रहेको छ । उक्त पोषण झोला भित्र सुत्केरी र गर्भवती महिलाको निम्ति आवस्यक पोषण(अण्डा, आयोडिन नुन, मसला, दाल ) तथा स्वास्थ्य सामाग्री (कोलगेट,ब्रुस,नुहाउने लुगाधुने साबुन,कागियो,मास्क,) लगायतका सामग्री राखिएको छ । यसका साथै पोषण झोलामा गर्भवती तथा सुत्केरी महिलाका निम्ति महत्वपूर्ण जानकारीहरु पनि लेखिएको छ।
“स्वस्थ आमा- स्वस्थ शिशु” कार्यक्रमको बारेमा रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्याल सङ्गको कुराकानी जस्ताको तस्तै ;
१) कार्यक्रमको खास उदेश्य के होला ?
गर्भवती ,सुत्केरी महिला तथा बच्चाको स्वास्थ्यलाइ मध्य नजर गर्दै कुनै संक्रमण नहोस व पोषणको कमी नहोस ,आमा र बच्चा स्वस्थ रहुन भन्नू हो ।
२) यो कार्यक्रम आर्थिक रुपले विपन्न गर्भवती तथा सुत्केरीको लागि मात्र हो कि रे.न.पा. भित्रका सम्पुर्ण महिलाको लागि हो ??
यो कार्यक्रम नगर भित्रका सम्पुर्ण गर्भवती तथा सुत्केरी महिलाको लागि हो ।
३) यो कार्यक्रम निरन्तर रहन्छ वा क्षणिक समयको लागि होला ??
यो कार्यक्रम निरन्तर रहन्छ ।
४) यसका अतिरिक्त अन्य कार्यक्रमहरु पनि छन र ?
हामीले यस भन्दा पहिलेबाट नै गर्भवती महिलाको निम्ति निशुल्क क्याल्सियम चक्की बितरण गर्दै आइरहेका छौं । त्यस बाहेक महिला सुत्केरी हुने बेलामा सुरक्षित स्थान वा अस्पताल सम्म ल्याउनको निम्ति एम्बुलेन्सको ब्यबस्था गर्दै आएका छौ।  त्यस्तै सुत्केरी पछि हुने ३ वटा जाचका निम्ति महिला आउन नसक्ने भएमा स्वास्थ्यकर्मीलाइ सम्बन्धित महिलाको घर सम्म पुग्ने ब्यबस्था मिलाएका छौ ।
५) यो कार्यक्रम मार्फत महिलाहरुले कस्तो प्रतिक्रिया दिएका छ्न ??
खुसी छन, यस्ता कार्यक्रमहरु थप भए झन राम्रो हुन्थ्यो भन्ने गर्दछन ।

रेसुङ्गा नगरपालिकाले सम्पुर्ण नगरबासीको समस्यालाइ मध्यनजर गर्दै बिबिध कार्यक्रमहरु गर्दै आएको छ र नगरबासी पनि नगरपालिकाबाट सम्पादन भएका कार्यहरु प्रती खुसी छन ।

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता