मालिका गाउँपालिकाका ३ सय ६० ज्येष्ठ नागरिकले लगाए कोराना विरुद्धको खोप



२३ असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाका ३ सय ६० जना ज्येष्ठ नागरिकले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन् ।

पहिलो मात्रा खोप लगाएका गाउँपालिकाका ६२ देखि ६४ वर्ष उमेर समुहका ३ सय ६० जनाले खोप लगाएको गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त भुसालले जानकारी दिए । जसमा महिला १ सय ७३ जना महिला र १ सय ८७ जना पुरुष रहेका छन् ।

सबै वडाका स्वास्थ्य चौकीबाट खोप प्रदान गरिएको थियो । वडा नम्बर एक नेटामा १५ महिला र २० पुरुषले कोरोना विरुद्धको खोप लगाएका छन् भने वडा नम्बर २ मा ३० महिला र २७ पुरुष, वडा नम्बर ३ मा १३ महिला र १८ पुरुष, वडा नम्बर ४ मा १३ महिला र २० पुरुष, वडा नम्बर ५ मा २१ महिला र २२ पुरुष, वडा नम्बर ६ मा २१ महिला र २४ पुरुष , वडा नम्बर ७ मा ३३ महिला र २३ पुरुष  तथा वडा नम्बर ८ मा २६ महिला र ३४ पुरुषले कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता