महोत्सवले मुसिकोटको समृद्धि र विकासमा टेवा पु¥याउँछ .ःनगरप्रमुख शर्मा गैरे



 कौरव खत्री ,गुल्मी १८ माघ ।

गलकोट नगरपालिका बागलुङका नगरप्रमुख भरत शर्मा गैरेले महोत्सवले मुसिकोटको समृद्धि र विकासमा टेवा पु¥याउने बताए । चौथो दिनको महोत्सवलाई सम्वोधन गदै प्रमुख अतिथि शर्मा गैरेले यस्तो बताएका हुन । साथै नगरप्रमुख शर्मा गैरेले मुसिकोटको महोत्सवले स्थानीय कला संस्कृति र पर्यटन क्षेत्रको समृद्धि र विकासमा थप टेवा पुग्ने बताउदै स्थानीय तह समृद्धि र विकास हुदा केन्द्रको र समृद्धि र विकास हुने हुदा स्थानीय तह प्रदेश र संघीय सरकार बीच समन्वय हुनु पर्ने बताए । त्यस्तै नगरप्रमुख शर्मा गैरेले समाज परिवर्तन र विकासका निम्ति आफूहरु लागि परेको बताउदै उनले प्रथम गुल्मी, पर्यटन,साँस्कृतिक, औद्योगिक एवं व्यापार महोत्सवका गलकोट नगरपालिकाले लागि रु. १ लाख सहयोग गर्ने घोषणा गरे ।

सोही अवसरमा गुल्मी चम्बर अफ कर्मसका अध्यक्ष युवराज न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए । अवसरमा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारी, गलकोट नगरपालिका वडा २ का वडाअध्यक्ष भिम बहादुर भण्डारी, उद्योग बाणिज्य संघ गलकोटका उपाध्यक्ष ढालेन्द्र गौतम,जनप्रतिनिधि पत्रकार,समाजसेवी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा लोकदोहोरी गायिका राधिका हमाल,मञ्जु पौडेल,उज्वल गिरी,रामचन्द्र चन्द लगायत स्थानीय कलाकारहरुले साँस्कृतिक प्रस्तुती राखेका थिए । कार्यक्रम मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रमको सञ्चालन भने वाणिज्य सघंका कोषाध्यक्ष गोपिकृष्ण खरेल गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता